Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस: नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले भनिन् अब सरकारको प्राथमिकता बदलियो

  |      17:23:00   |  

जेठ २, काठमाडौँ । नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस महामारीका कारण यसपाली सरकारको प्राथमिकता बदलिएको बताएकी छन्।

नेपाल सरकारले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी तथा आर्थिक पुनरुत्थानमा प्राथमिकता दिने उनले बताएकी छन्।

आज सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले देशलाई समृद्ध र देशवासीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढ हुने बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ूयस महामारीका कारण सरकारको प्राथमिकता बदलिएको छ। अबको हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ।ू

सरकारले सदनमा शुक्रवार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपतिले कोभिड १९ ले मानवीय स्वास्थ्यमा तेर्स्याएको चुनौती सामना गर्नुमा नै सरकारको प्रमुख ध्यान जाने बताइन्।

कोरोनाभाइरस सङ्क्रमण रोक्न लगाइएका लकडाउनले आर्थिक गतिविधि शिथिल भएका कारण यसपाली देशको वृद्धि दर पहिले अपेक्षा गरिएकोभन्दा ४ प्रतिशतभन्दा धेरै दरले घटेर दुई दशमलव दुई सात प्रतिशतमा झर्ने सरकारले अनुमान गरेको छ।

नेपालमा जेठ १५ गते वार्षिक बजेट पनि प्रस्तुत गरिँदैछ।

अदृश्य दुस्मन
कोभिड १९ विरूद्धको लडाईँमा थप सतर्कता र एकतासहित उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीले अनुरोध गरेकी छन्।

संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले कोरोनाभाइरसलाई अदृश्य दुस्मन भन्दै यो शताब्दीकै सबैभन्दा ठूलो सङ्कट उत्पन्न भएको उल्लेख गरिन्।

उनले कोरोनाभाइरसको महामारीका कारण नेपालको विकासको आकांक्षा र गतिमा धक्का लागेको बताइन्। अधिकतम आन्तरिक श्रोत परिचालन गरी, अर्थतन्त्रलाई उत्पादनशील बनाउने, कृषि तथा आन्तरिक उत्पादनमा थप क्षति हुन नदिने उल्लेख गरिन्।

उनले अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, अत्यावश्यक सामग्रीका आपूर्तिकर्ता लगायतको प्रशंसा गर्दै कोरोनाभाइरस विरूद्धको लडाँइमा सरकारलाई साथ दिएकोमा सबैलाई धन्यवाद दिइन्।

तस्वीर कपीराइटच्क्क्
उनले कोरोनाभाइरसका कारण विश्वभर मौजुदा स्वास्थ्य सेवा अपर्याप्त देखिएको भन्दै नेपाललाई सहयोग पुर्‍याउने मित्रराष्ट्र तथा अन्य देश तथा निकायको प्रशंसा गरिन्।

सरकार कोरोनाभाइरस र लकडाउनका कारण प्रभावमा परेका क्षेत्रलाई विशेष सहुलियत दिन प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।

उनले नेपालीको रोग प्रतिरोधी क्षमता बढाउन कार्यक्रम ल्याइने भन्दै देशलाई कोरोनाभाइरस मुक्त बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

मास्क लगाएर संसद्‌मा

राष्ट्रपति भण्डारीले केपी ओली नेतृत्वको सरकारको तर्फबाट संसदको संयुक्त बैठकमा तेश्रो पटक नीति तथा कार्यक्रम पेश गरेकी हुन्।

उनी मास्क लगाएर संसद् भवन पुगेकी थिइन र त्यहाँ नीति तथा कार्यक्रम पेश गर्नुअघि नेपाली सेनाबाट सम्मान ग्रहण गरेकी थिइन्।

बैठकको सुरुमा प्रधानमन्त्री केपी ओलीले उनलाई सरकारको तर्फबाट नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए।

सरकारले आफ्ना श्रोत र साधानलाई देशको भूमि र स्वाभिमान अनि गौरव अघि बढाउनेतर्फ पूर्ण सामर्थ्य साथ केन्द्रित गरेको उनले उल्लेख गरिन्।

आफ्नो सम्बोधनमा सरकारको समृद्ध नेपाल र सुखी नेपाली अवधारणबारे पनि चर्चा गरेकी थिइन् र त्यो अघिल्लो दुई वर्षदेखि कार्यान्वयन भइरहेको उनले उल्लेख गरिन्।

२ वर्षमा उत्साहवर्द्धक उपलब्धि हासील भएको भन्दै उनले १४ भन्दा बढी अन्तर्राष्ट्रीय सुचकाङ्कमा नेपालले हासिल गरेका प्रगतिले बलियो जग खडा गरेको बताइन्।

संविधानको पूर्ण कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय तह सबै सक्रिय भएको राष्ट्रपतिको भनाइ छ।

उनले विक्रम सम्वत २०८७ अघि नै नेपाललाई मध्यम आय भएको देश बनाउन सरकार दृढ रहेको बताइन्।

साथै बिक्रम सम्वत २०९९ भित्र समुन्नत राष्ट्रमा देशलाई रूपान्तरण गरिने उल्लेख गरिन्।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement