Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस नेपाल : काठमाण्डू उपत्यकामा थप व्यक्तिमा कोभिड(१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१७

  |      10:47:00   |  

बैशाख ३१, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाहरूको सङ्ख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ। अपराह्ण ५७ जनामा कोभिड(१९ पुष्टि भएको थियो।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो।

मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो।अब प्रदेश नं २ मा भेटिएका सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ। यो अहिलेसम्म सबै प्रदेशमा देखिएकोमध्ये सर्वाधिक सङ्ख्या हो। प्रदेश नं २ मा भेटिएका चार जना निको भइसकेका छन्।

प्रदेश नं ५ मा ७० सङ्क्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैमा पनि कोभिड(१९ पुष्टि भएको छैन।अपराह्ण आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार देशभरि १२,७८५ जना क्वारन्टीनमा र २२८ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिएका थिए।

मन्त्रालयको तथ्याङ्कमा मङ्गलवार अपराह्णसम्म पीसीआर विधिवाट १८,९६४ वटा परीक्षण भएको देखिन्छ।

को हुन् नयाँ सङ्क्रमितरु
नयाँ सङ्क्रमण पुष्टि भएकाहरू पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाण्डू र सर्लाही जिल्ला निवासी महिला तथा पुरुषहरू रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताएको छ।हिले सङ्क्रमण पुष्टि भएको घोषणा गरिएका २६ जनामा पर्साका छ महिला र १२ पुरुष गरी १८ जना, महोत्तरीका दुई जना पुरुष, धनुषाका एक पुरुष र एक महिला गरी दुई जना तथा सर्लाहीका एक पुरुष छन्।

त्यसैगरी भक्तपुरकी एक महिला र एक पुरुष गरी दुई जना, काठमाण्डूकी एक महिला रहेका मन्त्रालयको विज्ञप्तिमा गरिएको उल्लेख छ।बारा र पर्सामा निषेधाज्ञा
पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए।

सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका र छिपहरमाई गाँउपालिकाका रहेका बताइन्छ।

छिपहरमाई गाउँपालिकाका सङ्क्रमितहरू लकडाउनकै समयमा १७ दिनअघि बागलुङबाट बसमा वीरगन्ज आएका थिए।उक्त बसमा ४२ जना आएका थिए र ती सबैलाई छिपहरमाई गाउँपालिकाको क्वारन्टीनमा राखिएको थियो।

तीमध्ये सङ्क्रमण देखिएका १४ जनामध्ये एक भारतीय नागरिक रहेको छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले जानकारी दिए।

यसैबीच मङ्गलवार राति ८ बजेदेखि जेष्ठ ५ गतेसम्म पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसका साथै स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायका अनुसार बाराका भनिएका दिउँसो पुष्टि भएका सङ्क्रमित पर्सामा बस्दै आएका व्यक्ति हुन्।

थप सङ्क्रमण देखिएपछि बारामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै
पछिल्लो पटक सार्वजनिक गरिएका विवरणमा रूपन्देही र कपिलवस्तु जिल्लामा थप १७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको जनाइएको छ।

प्रदेश नं ५ का स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोदकुमार गिरीका अनुसार रूपन्देहीमा देखिएका ९ जना सङ्क्रमित लुम्बिनीस्थित लुम्बिनी विश्वविद्यालयमा बनाइएको क्वारन्टीनमा बस्दै आएका थिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उनीहरू सबैजना केही दिनअघि मात्र भारतबाट नेपाल आएका थिए।

यस्तै कपिलवस्तुमा सङ्क्रमण पुष्टि भएका आठ जना स्थानीय विद्यालयमा बनाइएका तीनवटा क्वारन्टीनमा बस्दै आएका थिए।भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

सोमवार २४ जनामा कोभिड(१९ पुष्टि भएको थियो।

स्व‍िस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ।

अहिलेसम्म ३३ जना निको भएर अस्पतालबाट बिदा भएको बताइएको छ।

तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement