Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस: ‘राष्ट्रपतिको टीभी सम्बोधनबाट आफू सङ्क्रमित भएको थाहा पाएँ’

  |      11:10:00   |  
कोरोना भाइरस: ‘राष्ट्रपतिको टीभी सम्बोधनबाट आफू सङ्क्रमित भएको थाहा पाएँ’

बैशाख २५, काठमाडौँ । उच्च ज्वरो, बान्ता र निकै सुख्खा खोकी। सीता त्यासुतामीलाई कोरोनाभाइरसका सबै लक्षण थिए। उनी इन्डोनेशियाको राजधानी जकार्तास्थित एउटा अस्पतालमा भर्ना भएकी थिइन्। तर सङ्क्रमणको पुष्टि भएको थिएन।

त्यही अस्पतालमा भर्ना भएकी उनकी आमा मारिया दर्मानिङसिकको रोग पनि पुष्टि भएको थिएन।

उनीहरूलाई अलग अलग कोठामा राखिएको थियो। उनीहरू दुवै परीक्षणको नतिजाको पर्खाइमा थिए। राष्ट्रपतिले एउटा अचम्मको घोषणा गरे।

राष्ट्रपति जोको विडोडोले घोषणा गरे-देशमा पहिलोपटक दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। जसमा एकजना ६४ वर्षीय महिला र उनकी ३१ वर्षीय छोरी छन्। उनीहरूको उपचार भइरहेको छ।

अस्पतालमै रिस उठ्यो

सीता र उनकी आमा मारियाले अस्पतालको शैयामा बसेर टेलिभिजनबाट प्रसारित उक्त सम्बोधन हेर्दा उनीहरूलाई इन्डोनेशियामा कोरोना भाइरस सङ्क्रमण देखिएको विश्वास लागेको थिएन।

राष्ट्रपतिले बिरामीको नाम खुलाएका थिएनन्।

उनको दिमाग घुम्न थाल्यो, सीताले नर्सलाई कुनै अस्पतालमा कोरोनाभाइरसका बिरामीको उपचार भइरहेको छ कि भनेर सोधिन्।नर्सले नभएको जवाफ दिइन्।

सीताले भनिन्, म भ्रमित भएँ। मलाई रिस उठ्यो। म दुखी थिएँ।, उनले बीबीसीसँग भनिन्, मलाई थाहा भएन के गरूँ भनेर। किनकि म सबै सञ्चार माध्यममा छाएकी थिएँ।

रोग पुष्टि हुनुअघि उनी व्यवसायिक नृत्याङ्गना थिइन्। तर त्यसपछि उनको पहिचान उनलाई अपमानजनक लागेको दुई शब्दमा खुम्चियो-कोरोनाभाइरसको 'पहिलो बिरामी'।

राष्ट्रपतिले गलत गरेनन्
उनको मेडिकल रिपोर्ट चुहियो। उनको रोगबारे धेरै भ्रामक कुरा सञ्चारमाध्यममा आए।

अनलाइनहरूमा गलत सूचना छरपस्ट भए। केही घन्टामै उनी इन्डोनेशियाको कोरोनाभाइरस महामारीको अनुहार बन्न पुगिन्।

उनी र उनकी आमाले जे नतिजा आउँछ त्यो पहिले आफूहरूलाई बताइने ठानेका थिए।

तर राष्ट्रपतिले मार्च २ तारिखमा जनतालाई उनीहरूको रिपोर्ट सुनाए।

के त्यसो गर्नु कानुनी रूपमा सही थियो?

इन्डोनेशिया सरकारका प्रवक्ताले भने त्यसमा केही गल्ती भएको छैन। कानुन अनुसार सार्वजनिक हितको कुरा छ भने बिरामीको अनुमति महत्त्वपूर्ण रहँदैन। त्यसैले राष्ट्रपतिले जे गरे कानुनी रूपमा सही थियो।

दोषी बनाइयो
सामाजिक सञ्जालमा उनीहरूका बारेमा नराम्रा कुराहरू प्रचार भइरहेका थिए। सीतालाई इन्डोनेशियामा कोरोनाभाइरस भित्र्याएको भनेर दोषी भनिँदै थियो।

तर हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले चीन नजिक रहेका देशहरूमा भाइरस निकै पहिले पुगे पनि पहिचान नभएको हुनसक्ने बताएको छ।

सीता भन्छिन्, बिरामी हुनुअघि मेरा दुई हजारभन्दा कम फलोअर थिए। कसैले मलाई घृणापूर्ण सन्देश पठाउँदैनथे। तर अब त्यो सङ्ख्या १० हजार छ। उनीहरूले मेरो फोटोमा नराम्रो प्रतिक्रिया लेख्छन्।

उनले सञ्चार माध्यमले त्यस्ता कुराहरूमा विचार गर्नुपर्ने बताउँछिन्। जसरी आफ्नो बारेमा समाचारहरू आए त्यसबारे उनले भनिन्, सञ्चार माध्यमले अति गरे। कसरी मेरो घर घेरियो। केके भयो। मैले सबै अस्पतालमा बसेर टीभीमा हेरेँ।

आमा मारियाका भनाइमा त्यो अनुभवले जीवन नै पूरा बदलिदिएको छ। कोभिड-१९ पछि दोस्रो जीवन पाए जस्तो भएको छ।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement