Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस : कोभिड-१९ को डरले के हाम्रो मनोविज्ञान परिवर्तन भइरहेको छ

  |      11:22:00   |  
कोरोना भाइरस : कोभिड-१९ को डरले के हाम्रो मनोविज्ञान परिवर्तन भइरहेको छ

बैशाख २२, काठमाडौँ । जसरी हाम्रो सोचाइमा केही समयदेखि कोरोनाभाइरस बसिरहेको छ, त्यसरी यति लामो समयसम्म सायदै अन्य कुनै रोगको खतरा बसेको थियो होला।

केही सातादेखि हरेक अखबारका प्रथम पृष्ठहरू कोरोनाभाइरस महामारीका खबरले भरिएका छन्।

रेडियो र टेलिभिजनले कोरोनाभाइरस सङ्क्रमण र मृत्युकै खबरहरू दिइरहेका छन्।

सामाजिक सञ्जाल कोभिड-१९ महामारीबारे डरलाग्दा तथ्याङ्क, व्यवहारिक सुझाव र ठट्टाहरूले भरिएका छन्।

कोरोनाभाइरसबारे जुन खालका जानकारीहरूको बाढी आएको छ, त्यसले चिन्ता बढाएको छ र प्रत्यक्षरूपमा हाम्रो मानसिक स्वास्थ्यमा असर पारिरहेको छ।

यसरी सधैँ त्रास सिर्जना हुँदा हाम्रो मनोविज्ञानमा क्रमशस् नकारात्मक प्रभावहरू पर्न सक्छन्।

रोगप्रति हाम्रो सोच गहिरो हुँदै जाँदा त्यसले हामीलाई रूढिवादी बनाइदिन्छ। हाम्रो सामाजिक दृष्टिकोण पनि पिछडिएको हुन्छ।

यसले हाम्रो राजनीतिक झुकावलाई पनि प्रभावित गर्नसक्छ।आप्रवासन वा लैङ्गिक समानता तथा स्वतन्त्रताबारे हाम्रो नैतिक धारणा कठोर बन्छ र सामाजिक व्यवहार थप अनुदारवादी बन्न पुग्छ।

हालैमा आएका नस्लवाद तथा विदेशीहरूलाई मन नपराउने प्रवृतिसम्बन्धी खबरहरूलाई त्यसको पहिलो सङ्केतका रूपमा लिन सकिन्छ।

तर यसबारे वैज्ञानिकहरूले गरेका अनुसन्धानहरू सही साबित भए भने आगामी दिनमा विश्वमा ठूलो मनोवैज्ञानिक र सामाजिक परिवर्तन हुनेछ।

व्यवहारगत प्रतिरक्षा प्रणाली
मानव मनोविज्ञानलाई जस्तै रोगप्रतिका यी प्रतिक्रियाहरूलाई पनि हामीले प्रागऐतिहासिक अवस्थाका आधारमा बुझ्नुपर्छ।

आधुनिक चिकित्साको जन्म हुनुपूर्व सरुवा रोगहरू हाम्रो अस्तित्वका लागि सबैभन्दा ठूलो खतरा हुन्थे।

त्यसबेला जसको प्रतिरक्षा प्रणाली बलियो हुन्थ्यो उनीहरू बाँच्थे। खासमा प्रतिरक्षा प्रणालीमा त्यस्ता रोग फैलाउने जीवाणुहरूलाई मार्ने क्षमता हुन्छ।

दुर्भाव्यवस त्यो प्रतिक्रियापश्चात् हामी धेरै निद्रा महसुस गर्छौँ र गल्छौँ।त्यसैले हाम्रा रोगी पुर्खाहरू आवश्यक कार्य गर्न असक्षम हुन्थे जस्तो कि सिकार गर्न, खानेकुरा जम्मा गर्न वा बच्चा जन्माउन।

बिरामी हुनु भनेको मनोवैज्ञानिक रूपमा पनि निकै महँगो पर्ने कुरा हो।

उदाहरणका लागि ज्वरो आउँदा शरीरको तापक्रम बढ्नु भनेको प्रतिरक्षा प्रणालीको आवश्यक प्रतिक्रिया हो।

तर त्यसले शरीरको उर्जा खपत १३ प्रतिशतले बढाउँछ।

जुनबेला खानेकुरा पाउन मुस्किल थियो, त्यसबेला यो निकै ठूलो चुनौती हुन्थ्यो।क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ता मार्क शलरका अनुसार बिरामीको प्रतिरक्षा प्रणाली बढाउनु एउटा निकै मुस्किल काम हो।

उनी त्यसलाई स्वास्थ्य बिमासँग तुलना गर्दै बिरामीलाई रोगसँग लड्न हर किसिमका प्रतिरोधी क्षमता बलियो पार्नु जरुरी हुने बताउँछन्।

कुनै पनि सङ्क्रमणको खतरालाई घटाउनु पहिलो कुरा हो। त्यसले बाँच्ने क्षमतालाई थप बल पुर्‍याउँछ।

त्यसका लागि हामीमा अचेतन मनोवैज्ञानिक प्रतिक्रियाको विकास भयो। त्यसलाई शलर बिहेभिओरल इम्युन सिस्टमु अर्थात् व्यवहारगत प्रतिरक्षा प्रणालीु भन्छन्।

त्यसमा सङ्क्रमणको सम्भावना भएको साङ्लोलाई तोड्नु पहिलो कुरा हो।दैनिकीमा प्रभाव
मानिस सामाजिक प्राणी भएकाले समूहमा नै रहन्छन्।

सामाजिक दूरीले हाम्रो सम्बन्ध र दैनिक जीवनका कुराहरूलाई धेरै हदसम्म प्रभावित गरेका छन्।

तर रोग फैलन नदिनका लागि यो जरुरी छ।

विज्ञानको विकास नहुँदा सायद हाम्रा पुर्खाहरूलाई यस्तो तरिका थाहा नभएको पनि हुनसक्छ।

आज हामीलाई रोगको कारण र त्यसबाट बच्ने उपाय दुवैको जानकारी छ।धेरै प्रयोगहरूबाट के सिद्ध भएको छ भने( जब हामी कुनै रोगको खतराको महसुस गर्छौँ त्यसबेला हामी परम्पराप्रति बढी नै सम्मान प्रकट गर्छौँ।

शलरले नै गरेको एउटा परीक्षणमा रोगबाट धेरै चिन्तित हुने अवस्थामा सहभागीहरूलाई कस्तो व्यक्तिलाई उनीहरूले मन पराउँछन् भनेर सोधिएको थियो।

तीमध्ये लगभग सबैजसोले परम्परागत सोच राख्ने मानिसहरूलाई नै बढी मन पराउने बताए। उनीहरूले सिर्जनात्मक वा कलात्मक मानिसहरूलाई कम मन पराएको देखियो।

यसले के देखाउँछ भने सङ्क्रमणका बेला स्वतन्त्र सोच, आविष्कार वा नयाँ कुरा खोज्ने विचार निकै कमजोर हुन आउँछ।

उनीहरूलाई सोधिएको प्रश्नमा सामाजिक मापदण्डहरूलाई तोड्नुको परिणाम घातक हुनसक्ने पनि सहभागीले बताए।जब कुनै सङ्क्रमण फैलन्छ तब अधिकांश मानिसहरूले समाजिक नियमहरूको पालना धेरै गर्न थाल्छन्।

यस्ता नियमहरू पालन गर्दागर्दै कहिले हामी नैतिकताका पहरेदार बन्छौँ थाहै हुँदैन।

सङ्क्रमणको यो समयमा हामीले आफ्नोभन्दा अर्काको धेरै चासो राखिहरेका छौँ। उनीहरूका गतिविधिहरू नियालीरहेका छौँ।

हाम्रो मस्तिष्कमा हामीसँगै काम गर्ने मानिसहरू सफा छन् कि छैनन् भन्ने कुरा घुमिरहेको हुन्छ।

उसले खानुअघि हात सफा गर्‍यो गरेनरु त्यति मात्र होइन, हामी साथमा रहने व्यक्तिलाई कतिपय अवस्थामा गाली गर्न बेर लगाउँदैनौँ। यसले हाम्रो सम्बन्धमा एउटा बेग्लै खाले दूरी बनाइदिएको छ।

सङ्क्रमण भएकै बेला कसलाई सङ्क्रमण भयो भन्ने थाहा हुँदैन। त्यसैले समाजका हरेक व्यक्ति शङ्काको घेरामा छन्।

अपरिचितका हकमा त यो झन् धेरै लागु हुन्छ। पहिले बाहिरका मानिसहरूलाई हेर्ने दृष्टिकोण र अहिले धेरै परिवर्तन भएको छ।

अध्ययनहरूले के देखाएका छन् भने अपरिचित वा अन्य संस्कृतिका मानिसहरूले सङ्क्रमण फैलाउँछन् भन्ने खतरा बढेको छ। त्यसले अहिले विदेशीप्रति घृणा र पूर्वाग्रह बढेका छन्।

हालसम्म कोभिड-१९ ले मानिसहरूको सोच परिवर्तन गराइरहेको छ भन्ने खालको कुनै पनि तथ्याङ्क उपलब्ध छैन। तर यस्तो भएको हुनसक्छ।

सङ्क्रमणका बेलाको हाम्रो सामाजिक व्यवहार र दृष्टिकोणले हाम्रो सोचमा धेरै परिवर्तन गर्नसक्छ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement