बैशाख २१, काठमाडौँ । नेपालमा थप आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।
नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।
गत चौबीस घण्टामा १४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।
२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास ९आइसोलेशन०मा रहेको पनि डा। देवकोटाले नियमित प्रेस सम्मेलनमा जानकारी दिए।
बीबीसी