Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस : बच्चालाई किन हुन्छ कम संक्रमण?

  |      16:12:00   |  
कोरोना भाइरस : बच्चालाई किन हुन्छ कम संक्रमण?

बैशाख १८, काठमाडौँ । ( कोरोना भाइरस संसारभर महामारीका रुपमा फैलिएको छ। कोरोनाको संक्रमणको डरले विश्वभरका मानिस घरभित्रै बस्न बाध्य छन्। लाखौंको संख्यामा संक्रमण र हताहती भइसक्दा पनि यो भाइरसले अहिलेसम्म बच्चालाई आफ्नो शिकार बनाएको छैन। अनुसन्धान अनुसार बच्चामा कोरोना भाइरसको संक्रमणको खतरा कम हुने देखिएको छ। 

के बच्चामा संक्रमण हुनसक्छ?
बच्चामा पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ तर वयस्क र वृद्धवृद्धालाई भन्दा कम मात्रामा बच्चामा संक्रमण हुने गरेको छ। 

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र चाइनिज सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सनले फेब्रुअरी २० सम्ममा करिब ७२ हजार ३ सय १४ मा कोभिड(१९ संक्रमितको तथ्यांक संकलन गरेको थियो। जसमा २ प्रतिशत मात्रै १९ वर्ष भन्दा कम उमेरका किशोर÷किशोरी थिए। त्यसैगरी अमेरिकाले ५ सय ८ जना कोरोना संक्रमित बिरामीमा अध्ययन गरेकोमा एउटा पनि बच्चाको मृत्यु नभएको पाइयो। 

बाल चिकित्सकका अनुसार कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा फैलने गर्छ। किनभने वयस्क मानिस बाहिर जाने, मानिससँग भेटघाट बढी मात्रामा गर्ने हुँदा उनीहरु कोरोना भाइरसको सिकार हुने गर्छन्। 

अहिले सबै मानिस घरमै छन्। आआफ्ना बच्चासँग समय बिताएका छन्। तर पनि कोरोना संक्रमण भएर अहिलेसम्म कम उमेरका एक जना पनि बच्चाको मृत्यु भएको छैन। 

चिकित्सक भन्छन्, ‘अहिलेसम्म उनीहरुको मात्र कोरोना भाइरसको टेस्ट गरिएको छ, जसलाई कोरोनाका लक्षणहरु देखा परेका छन्। यसमा बच्चाको संख्या निकै न्यून छ।’ बच्चामा संक्रमण भए पनि अहिलेसम्म लक्षण देखा नपरेको पनि हुनसक्ने चिकित्सको अनुमान छ। 

कोरोना भाइरसले कसरी बच्चालाई आक्रमण गर्छ?
अहिलेसम्म जति पनि अनुसन्धान भएका छन्, त्यसमा वयस्कको तुलनामा बच्चामा कोरोना भाइरसको संक्रमण कम भएको देखिएको छ। बच्चाहरुमा लक्षणहरु पनि कम मात्रमा देखिने गरेका छन्। अहिलेसम्म विश्वमा तीन जना बच्चाको मृत्यु खबर आएको छ। उनीहरुमध्ये एक जना बेल्जियमकी १२ वर्षकी थिइन। अर्का लन्डनका १३ वर्षकै किशोर थिए। त्यस्तै चीनमा १४ वर्षकी किशोरीको कोरोनाका कारण मृत्यु भएको थियो।

कोरोना भाइरसको संक्रमित बच्चामा गरिएको अनुसन्धानमा के देखिन्छ भने संक्रमितमध्ये आधा बच्चालाई सामान्य लक्षण देखिने गर्छ। जस्तैः ज्वरो आउने, खोकी लाग्ने र घाँटी पोल्ने, नाकबाट सिँगान बग्ने, शरीरमा दुखाइ महसुस हुने। 

एक तिहाइ बच्चामा  निमोनिया  हुने, श्वास फेर्न गाह्रो हुने, बारम्बार ज्वरो आउने देखिएको छ। श्वास फेर्न गाह्रो हुने लक्षण धेरै कम बच्चामा मात्र देखिने गर्छ। 

बेलायतको साउथह्याम्पटन युनिभर्सिटीका बालरोग विशेषज्ञ डा ग्राहम रोर्बटसले भनेका छन्, ‘कोभिड १९ को भाइरस बच्चाको फोक्सोमा नगएर नाक, मुख, घाँटीमा बस्ने भएकाले  खोकी लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण देखिने गर्छन्।’  त्यसैले पनि बच्चालाई वयस्यलाई जस्ता लक्षण नदेखिएको हो। जसले गर्दा बच्चा कोेरोना भाइरसको संक्रमणबाट मृत्युको सिकार नभएका हुन्। 

बच्चामा किन कम संक्रमण देखियो?
डा ग्राहम रोर्बटका अनुसार नयाँ भाइरस भएकोले अनुसन्धानकै क्रममा रहेको छ। अहिलेसम्म जति पनि अनुसन्धान भएका छन्, त्यसलाई आधार मान्ने हो भने कोरोना भाइरस शरीरमा पसेर आफ्ना असर देखाउन अर्थात् सक्रिय हुनको लागि एन्जियोटेनसिन कन्भर्टिग एन्जाइम २ (एसिआई)२० हुन जरुरी हुन्छ। 

साथै बच्चामा लेवर एयरवेज अर्थात् फोक्सोमा (एसिआई)२० अपर एयरवेज अर्थात् नाक मुख र घाँटीमा भन्दा कम हुन्छ।  त्यही कारणले बच्चामा कोरोना भाइरसले मुख, नाक, घाँटीमा बढी असर देखाउने गर्छ। अर्को कारण भनेको बच्चामा रोग प्रतिरोधात्मक क्षमता दिन प्रतिदिन बढ्दै जाने गर्छ।

स्कुल जाने साना बच्चाको कुरा गर्ने हो भने उनीहरु श्वासप्रश्वास सम्बन्धी विभिन्न भाइरसबाट जुध्ने गर्दछन् र उनको शरीरमा स्वतः रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छन्। केही हदसम्म बच्चाको रोग प्रतिरोधात्मक क्षमता वयस्क मानिसको भन्दा बढी हुने गर्छ। हाम्रो शरीरभित्र कुनै पनि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने क्षमता हुन्छ। यसलाई ‘साइटोकाइन स्ट्रोम’ भन्ने गरिन्छ। त्यसैले बच्चामा कोरोना संक्रमित भए पनि वयस्कको जस्तो अवस्था आउँदैन।  तर धेरै अनुसन्धानकर्ता यो विचारसँग सहमत भने छैनन्। 

के बच्चामा भएको भाइरस अरुमा सर्न सक्छर?
कोरोना भाइरस एक व्यक्ति अर्कोको सम्र्पकमा आउँदा फैलने गर्छ। यदि कोही संक्रमित बच्चा बिरामी नभएको मानिसको सम्पर्कमा गयो, खुला हाछ्युँ ग¥यो वा  खोक्यो भने मुखबाट निस्केको भाइरस अन्य मानिसमा फैलने गर्छ। यस्तो अवस्थामा बच्चाबाट सबैभन्दा बढी संक्रमित उसका परिवार हुने गर्दछन्। 

विज्ञहरु भन्छन्, ‘कोरोना भाइरसले बच्चाहरुलाई त्यति असर गर्दैन जति ठूलो मान्छेलाई गर्छ।’ यो भाइरसले बिरामी र वृद्धवृद्धाहरुको ज्यान लिन पनि सक्छ। कोरोना मात्र होइन, अन्य भाइसरहरुले पनि बच्चालाई कम क्षति गर्छ। तर बच्चाबाट वयस्कमा भने सर्ने गर्छ। 

उदाहरणको लागि स्वाइनफ्लुको भाइरस बच्चाको लागि त्यति घातक थिएन, जति गर्भवती र वृद्धवृद्धालाई थियो। बच्चामा रोगका लक्षणहरु राम्रोसँग देखा पर्दैनन्, त्यसैले उनीहरुलाई राम्रोसँग परीक्षण पनि गरिँदैन। जसले गर्दा बच्चाबाट अन्य मानिसमा संक्रमण फैलिन्छ। 

के कोभिड–१९ उमेर अनुसार लक्षण देखाउँछ? 
चीनमा गरेको अनुसन्धानको तथ्यांक हेर्ने हो भने काखको बच्चालाई अन्य बच्चाको तुलनामा कोेरोना भाइरसको संक्रमण बढी हुने गर्छ। काखको बच्चाको रोग प्रतिरोधात्मक क्षमता खेलकुद गर्ने बच्चा भन्दा निकै कम हुने गर्छ। 

के नवजात शिशु पनि कोरोना भाइरसको सिकार हुन सक्छन्रु
कोरोना भाइरसबाट लन्डन र वुहानमा नवजात शिशुमा देखिएको खबर आएका छन्। अहिलेसम्म नवजात शिशु पेटभित्रै संक्रमित थिए वा जन्मिसकेपछि संक्रमित भएका हुन् भन्ने कुरा पत्ता लागिसकेको छैन। किनभने दुवै जना नवजात शिशुका आमाहरु कोरोना भाइरस पोजेटिभ थिए। 

के कोरोना भाइरसले गर्भ भित्रको बच्चालाई संक्रमित गर्न सक्छ?
अध्ययन अनुसार यो संक्रमणको सम्भावना कम देखाएको छ। तर कोरोना भाइरस एक्युट रेस्पिरेटरी सिम्ड्रोम (सार्स) र मिडिल रेस्पिेरेट्री (मर्स) सिन्ड्रोमबाट उत्पन्न हुन्छ। 

त्यही कारणले गर्दा गर्भमा भएको बच्चलाई पनि प्रभावित पार्नसक्छ। यसको कारणले गर्भपतन पनि हुनसक्छ र बच्चाको विकासमा पनि असर गर्नसक्छ। साथै समयभन्दा पहिले बच्चा जन्मिन सक्छन्। तर अहिलेसम्म यस्तो कुनै पनि घटना भएको छैन। अहिलेसम्म गरेको अनुसन्धान पनि थोरै अध्ययनमा मात्र गरिएको हो। 

परिवारले बच्चालाई कोरोना संक्रमित हुन नदिन के गर्ने?
आफ्नो हात राम्रोसँग धुने, सामाजिक दूरी कायम गर्ने र आफ्नो वरिपरिको वातावरण संक्रमित हुनबाट बचाउने गर्नाले हामी कोरोना भाइरसबाट बच्न सक्छौँ। 

यदि केही चिज छोएका छौं भने पनि हातले मुख, नाक, आँखामा छुँनु हुँदैन। आफूले पनि हात धुने र बच्चालाई पनि हात धुन सिकाउनु पर्छ।  

परिवारका वृद्धवृद्धा र बिरामीबाट बच्चालाई संक्रमित  हुनबाट कसरी बचाउनेरु
पहिलो कुरा रोग लाग्नबाट बचाउन नियमित सामाजिक दूरी कायम गर्नु नै एक मात्र तरिका हो। त्यसैले बच्चालाई वृद्धवृद्धा र बिरामीबाट टाढा राख्नु नै दुवैका लागि राम्रो कुरा हो। 

के कोभिड(१९ बारेमा बच्चासँग कुरा गर्न जरुरी छ?
यो परिवारको कर्तव्य हो कि विश्वमा फैलिएको महामारीको बारेमा आफ्नो बच्चालाई जानकारी गराउने। बच्चालाई यो रोग कति खतरानाक छ भन्ने कुरा बताउनुपर्छ। यसबाट कसरी बच्न सकिन्छ र यो रोग लागेपछि देखिने लक्षणको बारेमा बच्चालाई बताउनुपर्छ। ताकि यदि उनीहरुलाई यस्ता लक्षण देखापरे आफैंले मलाई यस्तो भयो भनेर बताउन सकुन्।

यो समय कोरोनाको पहिचान गर्ने र यदि कोरोना भाइरसबाट संक्रमित भइहालेमा बच्ने उपाय सोच्ने समय हो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement