Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

  |      15:32:00   |  
कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

चैत १७, काठमाण्डौ । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको काठमाण्डौको वीर अस्पतालमा मृत्यु भएको छ । 

अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले बिजशालासँग टेलिफोनमा कुरा गर्दै कोरोना आशंका गरिएकी युवतीको मृत्यु भएको पुष्टि गरे । 

काठमाण्डौकै चन्द्रागिरी नगरपालिका वडानम्बर १५ की ती युवतीलाई बेहोसी अवस्थामा सोमबार बिहान वीर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

पारिवारिक सदस्यहरुलाई उद्धृत गर्दै सेञ्चुरीले बताएअनुसार यी युवती अघिल्लो साता भारतबाट नेपाल आएकी थिइन् । अस्पतालमा ल्याउँदा उच्च ज्वरोको कारण उनको अवस्था गम्भीर बनिसकेको थियो । सास फेर्न समेत ग्राहो भएपछि आकस्मिक उपचार सुरु गरे पनि त्यसले काम गरेन र उनको मृत्यु भएको सेञ्चुरीले बताए । 

वीरका चिकित्सकहरुले ती युवतीलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । युवतीको स्वाब संकलन गरी परीक्षणका लागि टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आउन बाँकी छ । 

यसअघि भारतबाटै केही दिनअघि नेपाल आएका धादिंगका अर्का एक युवकको समेत पाटन अस्पतालमा सोमबार बिहान नै मृत्यु भएको थियो । ती युवकलाई समेत कोरोना संक्रमणको आशंका गरिएको छ । नमूना परीक्षणका लागि टेकू पठाइएको र त्यसको समेत रिपोर्ट आएको छैन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement