Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

  |      13:59:00   |  
कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

बैशाख ८,काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ’ ?

 सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ। 

बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै यस्तै भएको छ। चानोदेवी जब लकडाउनका क्रममा आफ्नो जनधन खाताबाट पैसा निकाल्न बैंक पुगिन् त त्यहाँ कर्मचारी उनलाई यस्तै जबाफ दिएका हुन्। अहिले चानोदेवीलाई खातामा भएको आफ्नै पैसा झिक्न आफू जीवित रहेको प्रमाण दिनुपर्ने अवस्था सिर्जना भएको छ।


लकडाउनका कारण चानोदेवीलाई बैंकमा रहेको पैसा झिक्न समस्या भइरहेको थियो। यसबीच उनलाई खबर प्राप्त भएको ग्रामीण बैंकको सीएसपीबाट लकडाउनका क्रममा घरभित्र बन्द भएका मानिसहरुलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत पैसा दिँदैछ। त्यसपछि चानोदेवी आफ्नो पैसा निकाल्न त्यहाँ पुगिन्। तर सीएसपी सञ्चालकबाट उनलाई थाहा भएको कि उनको खाता त बन्द भइसक्यो। 

जब चानोदेवी आफ्नो खाता बन्द हुनुको कारण थाहा पाइन् उनी छाँगाबाट खसेजस्तै भइन्। सीएसपी सञ्चालकले खाताधारी चानोदेवीको त मृत्यु भइसकेको खाता बन्द गरिएको जबाफ दिएका थिए। 

त्यसपछि चानोदेवी निकै समस्या र हैरानमा परिन्। उनले बुझ्न सकिरहेकी थिइन् कि आखिर यो कसरी सम्भव छ रु


एक त लकडाउन, त्यसमाथि पैसाको समस्या र अब आफूले आफूलाई नै जीवित भएको प्रमाण पेस गर्नुपर्ने झन्झट चानोदेवीलाई आइपर्यो। त्यसपछि उनले बैंकका कर्मचारीलाई सोधिन् कि आखिर उनलाई मृत कसले घोषणा गर्यो ?

तब चानोदेवीले थाहा पाइन् कि गाउँकै महिला सरपञ्च पुनमदेवीले उनको मृत्युको प्रमाणपत्र जारी गरेकी थिइन्। महिला सरपञ्चको लेटर हेडमा लेखिएको थियो कि चासोको मृत्यु सन् २०१९ अक्टोर ९ तारिखमा भइसकेको छ। 

तर हैरान हुने कुरा त यो थियो कि लेटर हेडमा पुनमदेवीको नभएर उनका छोराले हस्ताक्षर गरेका रहेछन्। पछि सरपञ्च पुनमदेवीलाई यसबारेमा बुझ्दा उनका छोराले गल्तीले यस्तो काम गरेको प्रतिक्रिया दिइन्। यो घटनाले गाउँका जनप्रतिनिधिबाट कति लापबारही हुन्छ र त्यसबाट आमजनताले कति पीडा खेप्नुपर्छ भन्ने कुरा छर्लंग भएको स्थानीय बताउँछन्।

उता गल्तीले उनको मृत्युको प्रमाणपत्र तयार भएको थाहा भए पनि चानोदेवीको खाता फुकुवा गर्ने विषयमा बैंकले अझै पनि कुनै कामकारबाही अगाडि बढाएको छैन। 

यता सीएसपी सञ्चालकले चानोदेवीको खाता फेरि सुरु गर्नका लागि बैंकका अधिकारीहरुबाट निर्देशन आउन बाँकी रहेको बताए। उनले छिटै यो विषय टुंगो लाग्ने पनि बताएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement