Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक : डब्लूएचओ

  |      10:57:00   |  
कोरोना स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक : डब्लूएचओ

बैशाख २, काठमाण्डौ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० प्रमुख डा। टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु ९एच१एन१० भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ।


नियमित पत्रकार सम्मेलनमा प्रमुख गेब्रिएससले अहिले कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लुबाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो। तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आँकलन गरेको थियो।


अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो। सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो।

त्यसैले स्वाइन फ्लुभन्दा खतरनाक कोरोना संक्रमण रोक्न प्रभावकारी भ्याक्सिन विकास गर्न अनिवार्य प्रमुख डा। गेब्रिएससले बताए। भ्याक्सिन नबनेसम्म यो संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने पनि उनले स्पष्ट पारे।

यद्यपि विश्वका विभिन्न देशमा यो भाइरसविरुद्धको भ्याक्सिन तथा औषधि विकासमा वैज्ञानिकहरु लागिपरेका छन्। कतै विकसित औषधिमाथि ट्रायल पनि भइरहेको छ। तर अझैसम्म ठोस नतिजा निस्किएको छैन। 


सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक यो भाइरस देखिएको थियो। चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ। 

कोरोनाबाट झन्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement