Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरसस् थप ३ मा सङ्क्रमण पुष्टिसहित नेपालमा अब १२ जना सङ्क्रमित

  |      15:01:00   |  
कोरोना भाइरसस् थप ३ मा सङ्क्रमण पुष्टिसहित नेपालमा अब १२ जना सङ्क्रमित

चैत ३०,काठमाडौँ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजालाई टेकुको प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्यमन्त्रालयले थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण भेटिएको औपचारिक जानकारी दिएको छ।

आइतवार दिउसो मन्त्रालयले उसको फेसबुक पेजमा राखेको जानकारीअनुसार वीरगञ्जको छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड(१९ भेटिएको हो।

उनीहरू ३७, ५५ र ४४ वर्षका पुरुषहरू भएको बताइएको छ।

उनीहरू तीनै जना भारतीय नागरिक भएको नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डा। मदन उपाध्यायले बीबीसीलाई बताए।

उनीहरूलाई शुक्रवारदेखि आइसोलेसनमा राखिएको बताइएको छ।

मन्त्रालयका अनुसार उनीहरूको संसर्गमा आएका तथा उनीहरू गएको स्थान पहिचान गरि परीक्षण गर्ने कार्यहरू भइरहेको छ।

इटलीलाई उछिन्दै कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा विश्वकै उच्च
नेपालमा भेन्टिलेटर अभावबीच ूकोरोनाभाइरस रोक्न गर्नैपर्ने चार कामू
सघन उपचारका लागि नेपालमा जनशक्ति अभाव
उनीहरू वीरगञ्जमा किन थिएरु
सिमानामा लगाइएको रोक र लकडाउनका कारण भारत फर्किन नपाएपछि एक मस्जिदमा बसिरहेका उनीहरूबारे स्थानीयले गराएको जानकारीका आधारमा जाँच गरिएको थियो।

उनीहरूलाई हाल नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा एक्ल्याएर उपचार गरिएको छ।

बीबीसीकी वीरगञ्ज संवाददाता माधुरी महतोका अनुसार शनिवार झण्डै तीन दर्जनको सङ्ख्यामा त्यहाँका विभिन्न मस्जिदहरूमा रहेका भारतीय धर्म प्रचारकहरूलाई प्रहरीले खोजी गरेर क्वारन्टीनमा राख्नुका साथै थुप्रैको नमुना सङ्कलन गरिएको थियो।

विदेशी सङ्क्रमितको पहिलो घटना
नेपालमा विदेशी नागरिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको यो पहिलो घटना हो।

यसअघि नौ जना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको सरकारी विवरण छ।

नौजना सङ्क्रमित नेपालीमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेसनमा अर्थात् अलग्गै राखेर उपचार भइरहेको छ।

तीमध्ये सात जना विदेशबाट आएकाहरू छन् र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको छ।

जाँच
नेपालमा २९ चैतसम्म ४४२६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको विवरण छ।

यसअघि सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड(१९ नदेखिएको जनाएको थियो।

अहिले खुला सीमा रहेको भारतसहित तेस्रो मुलुकबाट नेपाली र विदेशी दुवैलाई नेपाल आवागमनमा रोक लगाइएको छ।

नेपाल(भारत सीमामा दुवै देशका नागरिकहरूलाई उनीहरू रहेकै ठाउँमा बस्न भनिएको हुँदा अहिले नेपालतर्फ झण्डै ७०० भारतीय नागरिकहरू क्वारन्टीनमा रहेको बताइन्छ।

भारततर्फ समेत सीमा आसपासमा त्यसैगरी २ हजार १ सय ४७ नेपालीहरू क्वारन्टीनमा छन्।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement