Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना कहर : उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी

  |      12:29:00   |  
web image
web image

असार २०, काठमाडौं ।  उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै एक साता लम्बाउने तयारी गरिएको छ। यो थप गरिएको निषेधाज्ञामा भने टेम्पो र माइक्रोबस पनि सञ्चालन गर्न दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ। 

निषेधाज्ञाका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजे उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठकले निषेधाज्ञा खुकुलो पार्दै थप केही प्रतिबन्धहरु फुकुवा गर्ने तयारी गरिरहेको हो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै एक साता थप्ने विषयमा छलफल हुने जानकारी दिए। ‘यसपालि टेम्पो र माइक्रोबस सञ्चालन गर्न दिने भन्ने अजेन्डामाथि बैठकमा छलफल हुनेछ’, उनले भने, ‘बैठकले नै यो अजेन्डामाथि छलफल गरी निर्णय लिनेछ।’ 

कोरोनाको जोखिम कम नभएकोले एक साता निषेधाज्ञा भने थप हुने प्रजिअ भट्टराईले जानकारी दिए। 

यसअघि थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेबाट सकिँदैछ। थप गरिएको यो निषेधाज्ञा खुकुलो पार्दै २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बसलाई सरकारको तोकेको स्वास्थ्य मापदण्ड तोकेर बिहान ६ बजेदेखि राति ७ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ। विभिन्न खाले पसल खोल्ने समय पनि बढाइएको छ। 

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement