Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना कहर : विद्यालय नचल्दा माछा मार्दै बालिका

  |      16:53:00   |  
symbolic pic
symbolic pic

साउन ४, टीकापुर । दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन्।
 
पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा रहेको माछा मार्ने चलन अहिले पनि अभ्यासमा छ । बर्सातमा धानखेती लगाइसकेपछि फुर्सदको समयमा थारू समुदायका महिला दिनभरि माछा मारेर साँझ तरकारीको जोहो गर्ने गर्दछन् । लामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् । जोशीपुरका बालिका आमासँगै फुर्सदको समयमा नदी तथा खोला किनारमा माछा मार्न जाने गरेको उनीहरु बताउँछन् । नौ वर्षीया मुना चौधरी आमाको हेल्का बोकेर कुलरिया नदी किनारमा माछा मार्दैछिन् । “आजभोलि दैनिक आमासँग माछा मार्न आउँछु, मसँगै मेरो साथीहरु पनि छन् । रमाइलो भएको छ”, मुनाले भनिन्, “माछा मार्न सिक्दैछु । बिहान खाना खाएर आएका हौँ, दिनभरि मार्दा २०० ग्राम पनि मार्न सकिनँ, आमाले अलि धेरै मार्नुभएको छ ।”

कक्षा ६ मा अध्ययनरत उषा चौधरी पनि दिनभरि पानीमा भिजेर माछा मार्न आमासँगै हिँडिन् । उहाँले दिनभरि लगाएर १०० ग्राम जति माछा मारेको बताइन् । “विद्यालय बन्द भएर घरमै कति बस्नु रु त्यसैले आमासँगै माछा मार्न आयौँ ।” जोशीपुरमा रहेको कुलरिया नदीमा महिलासँगै दर्जनौँ बालबालिका नदी किनारमा माछा मारिरहेका हुन्छन् । नदीमा दैनिक पानीको बहाव बढ्दै गएकाले बालबालिकालाई पानीमा खेल्नुपर्ने काममा लगाउनु गलत भएको स्थानीयवासीको भनाइ छ । “नदी उर्लिएर आएको छ । बालबालिका नदी किनारमा बोक्न नसक्ने गहु्रँगो हेल्का बोकेर माछा मारिरहेछन्”, स्थानीय रमेश विक भन्नुहुन्छ, “यसरी पानीमा भिज्दा सरुवा रोगको जोखिम बढ्छ, नदीमा डुब्ने, बग्ने डर पनि हुन्छ । अभिभावक सचेत हुनुपर्छ ।”

थारू समुदायका महिला माछा मार्न सिपालु हुन्छन् । पानी परेर भेल बगेको दिनमा बढी माछा पाइने भएकाले फुर्सदमा माछा मार्ने गरेको सुदेश्नी डगौराले बताउनुभयो । “हामी खेतीपातीपछि यो सिजनमा माछा मार्ने गर्छौँ, हामी समूहमा निस्कन्छौँ”, सुदेश्नीले भन्नुभयो, “रमाइलो पनि हुन्छ, बेलुका तरकारीको जोहो पनि हुन्छ ।”


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement