बैशाख ४, लण्डन । बेलायतमा कोरोनाभाइरस संक्रमणबाट एक गर्भवती नर्सको मृत्यु भएको छ, तर उनको पेटमा भएको बच्चालाई भने शल्यक्रिया गरेर जिवितै निकालिएको छ।
मृत्यु हुने नर्स मेरी आग्येइवा आग्यापोङ नेशनल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लुुटनस्थित एक अस्पतालमा कार्यरत थिइन् । २८ वर्षे मेरीको गत आइतबार कोरोना संक्रमणबाट निधन भएको डेलीमेलले जनाएको छ ।
उक्त अस्तपालका एक प्रवक्ताले नवजात शिशुको अवस्था सामान्य रहेको बताएका छन् ।
कोरोना संक्रमण भएको पुष्टि भएको दुुइ दिनपछि अर्थात अप्रिल ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बेड्फर्डशर हस्पिटल फाउन्डेसन ट्रस्टका प्रमुुख कार्यकारी डेभिड कार्टरले मेरीको कामको प्रशंसा गर्दै उनको मृत्युमा समवेदना प्रकट गरेका छन् ।
मेरीको पतिलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी अहिले क्वारेन्टाइनमा छन् ।