Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  |      16:28:00   |  
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

►रमेश गिरी
चैत २३,  भक्तपुर । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला मजदुरको काम भने ठप्प भएको छैन । 

भक्तपुरका इँटाभट्टा सञ्चालकले काँचो इँटा बनाउन बन्द गरेपनि बनाएका इँटा भट्टाको डगमा लैजाने र पाकेका इँटा डगबाट गोदाममा ल्याउने काम भने नरोकिँदा लकडाउनका बेलामा पनि जोखिम मोलेर महिला मजदुर दैनिक इँटा बोक्ने काम गरिरहेका छन् । 

बिहान ०५ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझसम्म इँटा बोक्ने काममा व्यस्त देखिन्छन् भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने महिला मजदुर । इँटाभट्टाका सञ्चालकले प्रशासन र स्थानीय तहको दबाब पछि नयाँ इँटा बनाउन बन्द गरेर १८ हजार मजदुरलाई गाउँ पठाए पनि इँटा बोक्ने काममा रहेका महिला मजदुर भने भट्टा मै रोकिएका छन् । महिलासँगै आएका एकै परिवारका पुरुष पनि भट्टा मै छन् । काममा तल्लिन इँटाभट्टामा इँटा बोक्ने महिला पुरुषसँग न मास्क छ, न स्यानेटाइजर नै । छत केबल काँधमा इँटाको भारी ।

चाँगु दुवाकोट दुई सेती भैरब इँटाभट्टामा काम गर्ने दाङ घोराहीकी सानीकान्छी घर्ती साहुले इँटा बोक्ने काम नसकि घर नपठाउने भनेर राखेको बताउनुहुन्छ । उहाँले भन्नु्भयो–“खै देशभरी रोग आइचरे, अस्ती गाउँका घर पठायो साहुँले हामीलाई इँटा बोक्न नसकी जान पाउदैनौं भने, हिसाब पनि गरेनन् अनि बसेम ।” भक्तपुरका ६२ वटा इँटा भट्टामा अझैपनि कम्तीमा १० हजार कामदार रहेका छन् । एउटा इँटा भट्टामा २०० कामदार अझै छन् । इँटा बोक्ने, गोदाम मिलाउने र इँटा पकाउने भारतका कामदार काम गरिरहेका छन् । 

भकुण्डेबेशीकी सानी नेपाली दैनिक दुई हजारदेखि २५ सय इँटा बोक्ने गरेको बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरे पनि इँटाभट्टामा भने काम भइरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “घर जान पनि पाएनौं, झ्याउलीमा खानेकुरा पनि सकियो, खै साहुँले नखुवाए भोकै हुन्छौँ, इँटा सबै थन्क्याएपछि मात्रै पठाउने भनेका छन्, हामी आत्तिसक्यां आफ्नै घर जान पाए हुन्थ्यो ।”

दुईवर्षको छोरीलाई छ वर्षकी अर्की छोरीलाई रेखदेख गर्न छाडेकी हनुमान इँटा उद्योगमा कार्यरत दाङ्ग घोराहीकी सीमा घर्ती इँटा बोकेर दैनिक ७०० कमाई हुने बताउन्ुहुन्छ । एक हजार इँटा बोकेको ज्याला रु ३०० पाइने बताउँदै उहाँले साहुले हिसाब गरेर पैसा पनि नदिएको र गाउँ पनि नपठाएका कारण यही रोकिनु परेको बताउनुहुन्छ । जिल्लामा रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाबाट आएका मजदुर कार्यरत छन् भने इँटा पोल्न भारतबाट आएका मजदुरहरु पनि रहेका छन् । 

इँटा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले १८ हजार मजदुरलाई घर फर्काईसकेको र अब इँटा बोक्ने काममा रहेका मजदुर मात्रै बाँकी रहेको बताउनुहुन्छ । काँचो इँटा नबोकी छोड्दा करोडौंको इँटा बिग्रने भएकाले इँटा बोक्न बाध्य भएकाले केही मजदुर बाँकी रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गरिदिए केही दिनभित्रै घर पठाईदिने बताउनुहुन्छ । कोरोनाको जोखिम कम गर्र्न भट्टामा काम गर्ने मजदुरलाई बाहिर जान नदिएको र बाहिरबाट भट्टामा नयाँ मान्छेलाई आउन नदिएको उहाँको दावी छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement