Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाले सम्झाएको गाउँ !

  |      14:13:00   |  
कोरोनाले सम्झाएको गाउँ !
►तारानाथ आचार्य
चैत १४, बलेवा । क्यापिटल सिटी काठमाडौँमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उहाँ कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फर्कनु भएको हो । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था अहिले छैन । खेतमा लगाइएको हिउँदेखेती थन्काएर मकै लगाउने याम छ अहिले छ गाउँमा । मकै लगाउनुपूर्व खेतमा पु¥याउनुपर्ने मल बोक्ने काममा उहाँले आफूलाई व्यस्त राख्नु भएको छ । 
 
कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै काठमाडौँ छोडेर उहाँको गाउँमा थुप्रै युवा आएका छन् । पछिल्लो समय वृद्धाश्रम जस्ता देखिने गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । देश नै लकडाउन भएपछि त्यसको असर गाउँमा कम छ । कृषि कर्म चलिरहेकाले दुई÷चारजना मिलेर मल बोक्ने, मकै लगाउने, खेत छेउछाउ र घर वरिपरिका झाडी सफा गर्ने काम चलिरहेको शर्मा बताउनुहुन्छ ।
 
बागलुङ बजारमा कानून व्यवसाय गरेर बस्दै आएका रमेश खड्का आफ्नो पुरानो गाउँ तित्याङ फर्किनुभएको छ । लामै समय भयो, उहाँ चाडपर्वबाहेक गाउँमा कमै जानुहुन्थ्यो । एकै दिनमा पुगिने बजारमा दैनिक हुने कामले उहाँलाई गाउँ बस्न फुर्सद थिएन । लामो समय छोडेको घर कतै भत्किएको, कतै झार उम्रिएको अवस्थामा थियो । कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिनयता आफ्नै पुरानो घर सिँगार्न व्यस्त हुनुहुन्छ । “गाउँ आइयो, काम केही छैन”, खड्काले भन्नुभयो, “भत्किएका संरचना बनाउँदैछु ।”
 
आचार्य र खड्का जस्तै गाउँबाट शहरमा आई काम गर्ने कैयौँ युवा तथा वयस्क यतिबेला गाउँ फर्किएका छन् । कामको चटारो चल्ने समयमा गाउँ फर्किएका युवाले त्यहाँमा रहेका बूढापाकालाई सघाइरहेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने बताउनुहुन्छ । बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीतबहादुर थापा अहिले पुख्र्यौली गाउँ रेश फर्किनुभएको छ । केही दिन पहिले गाउँ पुग्नुभएका उहाँका तीनै भाइ बागलुङ बजारमै सपरिवार बस्ने भएकाले गाउँको घरको रुपरङ्ग नै फेरिएको थियो । 
 
कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी यतिबेला घर पोत्ने, भाँडा धुने, ठाउँ बनाउने, वरिपरि बार्नेलगायत काममा बितिरहेको छ । “दशैँ आएभन्दा बढ्ता भएको छ, गाउँ सिङ्गारिँदै गएका छन्, छोडेका घरले सुसार पाएका छन्”, लामिछानेले भन्नुभयो, “त्रास एकातर्फ होला तर गाउँका दिन आए नि १ ।” बजारमा बस्नेहरु अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ । पहिले गाउँ जानेहरु दुई÷चार दिन पनि बिताउन नसक्नेहरु यसपटक धेरै दिनसम्म गाउँमै बिताउने भएका छन् । 
 
ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दशैँको समयमा भन्दा धेरै सर्वसाधारण यतिबेला शहर बजारबाट गाउँमा भित्रिएका छन् । यकिन तथ्याङ्क नरहेको भए पनि लकडाउन पूर्वका केही दिन सवारीमा देखिएको चापले शहरको जनसङ्ख्या सहजै अनुमान लगाउन सकिन्छ । भूकम्पका बेला छोडेका घरहरुले समेत यो समय संरक्षण हुन थालेका छन् भने गाउँमा एक्लै बनेका वृद्धवृद्धाले सहाराको अनुभूति गरेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन् । 
 
“बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन, कसरी खेती गर्ने होला भन्ने थियो”, बागलुङको बलेवाका धनपति पौडेल भन्नुहुन्छ, “छोराछोरीहरु गाउँ आएका छन्, विगतमा बाँझिएका खेतबारी यसपटक खनजोत गरी खेतीपाती गर्न थालिएको छ ।” वैदेशिक रोजगारीबाट फर्केकाबाट त्रसित बनिरहेका गाउँलेले गाउँ फर्किएकाको फेरिएको दैनिकीबाट भने सास फेरेका छन् । लकडाउन भएपछि सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ भने गाउँघरमा निकै चहलपहल बढ्न थालेको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement