वैशाख १२, नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार भेरी अस्पतालमा दुई र कोहलपुर मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।
उनका अनुसार मेडिकल कलेजमा कोहलपुर नगरपालिका–१० की ३६ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १० गते कोरोना पुष्टि भएकी उनको आइतबार बिहान साढे २ बजे मृत्यु भएको हो।
नेपालगन्जस्थित भेरीमा अस्पतालमा खजुरा गाउँपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना देखिएपछि अस्पताल ल्याइएकी उनको शनिबार राति साढे १० बजे मृत्यु भएको हो ।
भेरीमै नेपालगन्ज उपमहानगरपालिका–११ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १ गते अस्पताल भर्ना गरिएका उनको पनि शनिबार राति साढे १० बजेतिरै मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।