Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट १८ घण्टाभित्रै २७०० को मृत्यु, अमेरिकाको अवस्था झन् जटिल

  |      11:43:00   |  
कोरोनाबाट १८ घण्टाभित्रै २७०० को मृत्यु, अमेरिकाको अवस्था झन् जटिल

चैत १७, काठमाण्डौ । कोभिड १९ संक्रमणबाट विश्वभर पछिल्लो १८ घण्टा मृत्यु हुनेको संख्या २७०० पुगेको छ । 

योसँगै संक्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या ३३ हजार ५५० पुगेको छ । 

कुल संक्रमितको संख्या ७ लाख १० हजार पुगेको छ भने पछिल्लो १८ घण्टामा मात्र विश्वभर ४७ हजार २०० बढी नयाँ संक्रमित फेला परेका छन् । 
विश्वभरमा अझै पनि २६ हजार ७०० बढी संक्रमित गम्भीर अवस्थामा छन् । 

पछिल्लो १८ घण्टामा सधंै झै सबैभन्दा बढी इटलीमा ७५६ जना संक्रमितले ज्यान गुमाएका छन् । यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७९ पुगेको छ । 

यस्तै, स्पेनमा समेत यो दिन ६२४ को मृत्यु भएसँगै त्यहाँ कुल मृतकको संख्या ६ हजार ६०० माथि पुगेको छ । 

अमेरिकामा मृत्यु हुनेहरुको संख्या समेत बढिरहेको छ । पछिल्लो १८ घण्टा १६४ संक्रमित मृत्यु भएसँगै यो देशमा कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २३८४ पुगेको छ । 


फ्रान्समा पनि यो दिन २९२ जनाको थप मृत्यु भई कुल मृतकको संख्या २६०६ पुगेको छ भने बेलायतमा २०९ मृतक थपिएर कुल मृतकको संख्या १२२८ माथि पुगेको छ । 

यो दिन नेदरल्याण्डमा १३२, इरानमा १२३, बेल्जियममा ७८, जर्मनीमा ४९, स्वीट्जरल्याण्डमा ३६, टर्कीमा २३, पोर्चुगलमा १९ संक्रमितको मृत्यु भएको छ । 

नयाँ संक्रमित फेला पर्ने मामलामा अमेरिका तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ । त्यहाँ पछिल्लो १८ घण्टाभित्र १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख ३५ हजार माथि पुगिसकेको छ । 

स्पेनमा यो दिन पनि ५५०० भन्दा बढी र इटलीमा ५२०० भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

यो दिन जर्मनीमा २९००, इरानमा पनि २९००, फ्रान्समा २६००, बेलायतमा २४००, टर्कीमा १८००, बेल्जियममा १७०० बढी नयाँ संक्रमित भेटिएका छन् । 
चीनमा यो दिन ५ जना संक्रमितको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित भेटिएका छन् । 

भारतमा ३ संक्रमितको मृत्युसँगै कुल मृतकको संख्या २७ पुगेको छ । पूर्ण लकडाउनमा रहेको भारतमा कोरोना संक्रमितको संख्या भने ह्वात्तै घटेको छ । यो दिन ३७ मात्रै नयाँ संक्रमित भेटिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement