Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाको ‘आर्कटुरस’ भेरिएन्टले शरीरमा हैरान पार्ने क्षमता, शरीरमा रहेर पनि टेस्टिङ देखिँदैन

  |      13:44:00   |  
web image
web image

बैशााख ८, काठमाडौं । कोरोनाभाइरसको जोखिम फेरि एकपटक बढ्न थालेको छ।

विश्वका २९ देशमा कोरोनाको नयाँ भेरिएन्टका केसहरु बढ्दै गएका छन्। यसपटक कोरोनाको क्राकेन (एक्सबीबी)१.५० र आर्कटुरस (एक्सबीबी) १.१६० भेरिएन्टले कहर मच्चाइरहेको छ। यी भाइरसहरुले तीव्र गतिमा रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्दै गएको विश्वभर नै देखिएको छ। यसलाई इम्युन इभेसन भनिन्छ।
विशेषज्ञहरु यो भाइरसहरु निरन्तर बढिरहेको बताउँछन्। तिनीहरुको रुप परिवर्तन भइरहेको छ। भाइरसका रुप बदल्नुलाई उत्परिवर्तन भनिन्छ। एकभन्दा बढी उत्परिवर्तन भएको भाइरसलाई भेरिएन्ट भनिन्छ। नयाँ भेरियन्टहरु पहिलेभन्दा कम घातक वा बढी खतरनाक हुन सक्छन्।

इम्युन इभेसन भनेको भाइरसको क्षमताको नाम हो। जसका माध्यमबाट यो शरीरको प्रतिरोधात्मक क्षमताबाट बच्छ। इम्युन इभेजनका कारण भाइरसहरुले टेस्टिङका क्रममा गलत नतिजा दिन सक्छ। एक व्यक्ति संक्रमित हुन सक्छ र परीक्षण नकारात्मक हुन सक्छ।

आर्कटुरसको ल्याब परीक्षणले पत्ता लगाएको छ कि यसको स्पाइक प्रोटिनमा अर्को उत्परिवर्तन छ। जसले यसको संक्रामक क्षमता बढाएको छ। अनुसन्धानका अनुसार अर्कटुरस पहिलेको भेरिएन्ट क्राकेनभन्दा १.१७ देखि १.२७ गुणा बढी संक्रामक छ।

युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले यसलाई एन्टिबडीका लागि कडा प्रतिरोधी भएको बताएका छन्। यससँगै यो विश्वभर फैलिन सक्ने उनीहरुको चेतावनी छ। विज्ञहरु भन्छन्, ‘नयाँ भाइरसले प्रतिरोधात्मक क्षमतालाई बेवास्ता गर्न सक्छ र गम्भीर संक्रमण र जटिलताहरु निम्त्याउन सक्छ।’

खोपले संक्रमणबाट जोगाउँछ तर भाइरसको उत्परिवर्तनका कारण खोप लगाइएका व्यक्तिहरु पनि संक्रमित हुन सक्छन्। विज्ञहरु भन्छन्, ‘खोप नलिएका व्यक्तिहरुभन्दा खोप लगाइएका मानिसहरु सुरक्षित छन्। खोपले त्यस्ता मानिसहरुको अस्पतालमा भर्ना हुने सम्भावना कम गर्नेछ।’
रिपोर्टहरुका अनुसार आर्कटुरस भेरिएन्टले अहिले युवाहरुलाई संक्रमित बनाइरहेको छ। ज्वरो, खोकी, कफ, घाँटी दुख्नेजस्ता समस्या संक्रमित व्यक्तिमा देखिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement