Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

  |      10:28:00   |  
web image
web image

असार २०, । महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२÷१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ ।

अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको तीतो यथार्थ सुनाउँछिन् । “पिपिइ लगाएर काम गर्न कति ग्राहो हुन्छ । त्यो पनि १२÷१२ घण्टासम्म”, उन्ले भनिन् , “बिरामीको चाप अस्पतालमा बढेका बेला दिनरात नभनी सेवा गरेका छौँ । हप्ता–हप्ता दिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीकै सेवामा समर्पित भएर कार्य गरेका छौँ ।”

अस्पतालाले कोरोनाबारे शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममै नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बीचमै रोकिँदै आँखाबाट झर्न थालेको आँशु पुछ्दै उनले भनिन्, “त्यसमा एक÷दुई जनाले कहिलेकाहीँ नराम्रो बोल्छन् । त्यसलाई ठूलो बनाएर हेर्न त भएन ।” नर्सिङ अधिकृत विष्टको आँखामा आँशु आएपछि कार्यक्रममा सहभागी सबै भावुक देखिए ।

विष्टले आफूलाई सम्हाल्दै कोरोना बिरामीको उपचार गर्दा नर्सहरुको पीडा सुनाउनुभयो । बिरामीको उपचार गर्दागर्दै नर्स बेहोस भएर ढलेको समेत उनले बताइन् । 

“नर्सिङ स्टाफ १२÷१२ घण्टासम्म खटिए, ड्युटीमा बेहोससम्म भए । गाली र गुनासो त कुरै छैन”, उनले भनिन्, “त्यसबेला कसैले पनि तपाईँहरुले कसरी काम गरिरहनुभएको छ भनेर सोधेन । हामी पनि त मान्छे नै हो, बुझिदिनुहोला ।” नर्सिङ अधिकृत विष्टले उपचारका क्रममा प्रत्येक भेन्टिलेटरमा दुई नर्स खटिएको र बिरामीको नास्ता–खाना पु(याउनसमेत आफूहरु व्यस्त हुनुपरेको बताइन् ।

गलत नियतवश बिरामीको उपचारमा लापरवाही नहुने र कहिलेकाहीँ मानवीय कमजोरीका आधारमा हुने त्रुटिलाई देखाएर मनोबल खस्काउन नहुने नर्सिङ अधिकृत विष्टको भनाइ थियो । “गुनासो र गाली हामीलाई मात्रै गर्छन् । त्यो हामीले मात्रै पाउनुपर्ने होइन होला”, उनले भनिन् ।

कार्यक्रममा अस्पतालका चिकित्सक अर्जुन भट्टले नर्सको व्यवहार राम्रो नभएको भनेर गरिएको गुनासोले आफू मर्माहत भएको बताए । “महामारीमा ज्यानको पर्वाह नगरी खटिएका नर्सलाई आक्षेप लगाउने कार्य राम्रो होइन”, उनले भने, “यस्ता कुराले ‘हर्ट’ गर्छ ।” 

कोरोना महामारी बिरामीको उपचारमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी गरी ८९ जना खटिएका थिए । उनीहरुमध्ये सबैभन्दा बढी ५२ नर्स बिरामीको उपचारका खटिएका छन् ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement