Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाको डरलाग्दो स्वरुप अझै आउन बाँकी : डब्ल्यूएचओ

  |      10:55:00   |  
कोरोनाको डरलाग्दो स्वरुप अझै आउन बाँकी : डब्ल्यूएचओ

असार १६, काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा धर्मराएका छन्। अर्थव्यवस्था निकै प्रभावित भएको छ। 

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले भने अझै पनि यो भाइरसबाट डरलाग्दो स्वरुप अगाडि आइनसकेको जनाएको छ। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहनोम गिबे्रएससले अझै पनि यो भाइरसको खतरनाक स्वरुप अगाडि आइनसकेकोले यदि विश्वभरका सरकारहरुले सही नीति अवलम्बन नगरे अझै थुप्रै मानिस प्रभावित हुने चतावनी दिएका छन्। ‘हामी सबै चाहन्छौँ कि यो भाइरसको कहर अन्त्य होस्, हामी सबै आफ्नो सामान्य दैनिकी सुरुआत गर्न चाहन्छौँ’, एउटा भर्चुअल प्रेस ब्रिफिङमा उनले भने, ‘तर यथार्थ कुरा यो हो कि हामी अझै यो भाइरसमाथि जित हासिल गर्नबाट धेरै टाढा छौँ।’

प्रमुख टेड्रोसले केही देशमा यो भाइरस नियन्त्रणमा प्रगति देखिए पनि अझै अन्य देशमा तीव्रगतिमा फैलिरहेको बताए। ‘विश्वभर यो भाइरबाट १ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्, यस्तो अवस्थामा समस्या सुल्झाउनुको साटो राष्ट्रिय एकतामा कमी, विश्वस्तरमा एकजुट कमी र विभिन्न कारणले आपसमा टकराव गरेकै कारण यो भाइरसले झनै फैलिने मौका पाएको छ’, उनले भने, ‘त्यसैले यो भाइरसबाट उत्पन्न हुन सक्ने डरलाग्दो संकट अझै बाँकी नै छ।’

टेड्रोसले जर्मनी, दक्षिण कोरिया र जापानजस्ता देशले अवलम्बन गरेको नीति अपनाउन अन्य देशहरुलाई सुझाएका छन्। जहाँ टेस्टिङ र ट्रेसिङलाई यो भाइरस नियन्त्रणका लागि मुख्य रुपमा अवलम्बन गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement