Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

  |      10:39:00   |  
कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

►यज्ञराज आङदेम्बे
वैशाख २, दमक । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । 

गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताउनुभयो । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खरबुजा खेती गर्न बैंकबाट रु चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।” लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उहाँको दुःखेसो छ । उहाँले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो ।

लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिआउनुभएका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गरिआउनुभएको छ । दुई वर्षदेखि मौसमी खेती गरिआउनुभएका उहाँ लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताउनुहुन्छ । पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उहाँको गुनासो छ ।

राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उहाँ मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आउनुभएको हो । उहाँसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भन्नुभयो, “खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।” प्रतिबिघा रु १० हजार भाडामा लिएर खेती गर्दै आउनुभएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै रु १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताउनुहुन्छ । कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाउनुभएको छ । 

उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य रु ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौँ नोक्सानी हुने उहाँको पनि गुनासो छ ।

गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन् । यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताउनुहुन्छ । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी रु २० सम्ममा बिक्री हँुदै आएको उहाँको भनाइ छ ।

विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरुले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउनुहुन्छ । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उहाँको भनाइ थियो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement