Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाको दर्दनाक भिडियोस् अन्त्येष्टि गर्ने ठाउँ नपाएपछि सडकमा लाश फाल्दै हिँड्दै

  |      15:04:00   |  
कोरोनाको दर्दनाक भिडियोस् अन्त्येष्टि गर्ने ठाउँ नपाएपछि सडकमा लाश फाल्दै हिँड्दै

चैत २४, काठमाण्डौ । नर्थवेस्टर्न अमेरिकी देश इक्वेडरको पश्चिमी सहर ग्वायाकिल उजाड र सुुनसान बनेको छ, जहाँ सहरका केही बासिन्दा मात्रै देख्न सकिन्छ । यहाँ मानिसका लाशहरु सडकमै असरल्ल छोडिएको अवस्थामा भेटिन्छन् । 


इक्वेडरको सबैभन्दा धेरै जनसंख्या भएको यो सहरमा कोरोनाभाइरसको महामारीले सार्वजनिक सेवाहरु ध्वस्त भएका छन् । अस्पतालहरुमा बिरामी राख्नलाई बेड खालि छैनन्, मूर्दाघर र अन्तेष्ठि घरहरुमा तनावको अवस्था सिर्जना भइरहेको छ । 

अन्तेष्ठि गर्ने ठाउँ बाँकी नभएकोले लाशहरुलाई सडकमै छोड्नुु परिरहेको त्यहाँका बासिन्दाले बताएका छन् । त्यहाँ कतिजना मानिसहरु कोरोना संक्रमणबाट मरिरहेका छन् भनेर यकिन भएको छैन । 


अधिकांश परिवारले उनीहरुका प्रियजन र आफन्तहरुलाई कोरोनाको लक्षणहरु देखिएको बताएका छन् । कतिपयले भने अत्यधिक भिडभाडका कारण ग्वायाकिलका अस्पतालहरुले बिरामीको उपचार गर्न नसकिरहेको बताएका छन् । 

रोयटर्सले प्राप्त गरेको भिडियोमा फर्नान्डो इस्पानाले सरकारी अधिकारीहरु आफ्ना परिवारको सदस्यलाई उद्धार गर्न नआएपछिको संघर्षको बेलिबिस्तार लगाउँदै भने,“हामीले कुरिरहेको ५ दिन भयो । तर अझै आउने टुुंगो छैन । ९११ मा फोन गर्दा गर्दै हामी हैरान भइसकेका छौ । उनीहरुले हामीलाई दिने एउटा मात्रै आश्वासन भनेको प्रतिक्षा गर्न र समस्या हल गर्न प्रयासरत रहेको भन्ने मात्रै हो ।” 

उनले यसो भन्दै क्यामेरालाई घुमाउँदै तल प्लास्टिकले बेरेको दुुईवटा लाश देखाए । “लाशबाट आइरहेको दुर्गन्धले बसिसक्नु छैन ।” इस्पानाको छिमेकी ग्लेण्डा लारिया भेराले सोही भिडियोमा भनिन् । 


सिएनएनलाई गत साता प्राप्त भएको खुुफिया भिडियोमा एकजना मोटरसाइकलमा आएका व्यक्तिले सडकमा लाश छोडेर जाँदै गरेको देखिएको थियो । केही घण्टापछि विशेष हज्मत पहिरनमा आएका मानिसले छोडेको त्यो लाशलाई उठाएर गाडीमा हालेर गएको भिडियोमा देखिएको थियो । 

सिएनएनलाई प्राप्त अर्को एक भिडियोमा मानिसको समूहले कारबाट लाश निकालेको देखिएको थियो । मास्क लगाएका मानिसहरुले कालो वस्तुुले लाशलाई बेरेर सडकमा राखेको पाँच मिनेटपछि प्रहरीको गाडी आएको देखिएको थियो । 

भिडियोमा कारमा आएका मानिस र प्रहरीको वार्तालाप भएको देख्न सकिन्छ र वार्तालापपछि लाशलाई पुुनः कारमै राखेको देखिन्छ । 

सिएनएनले यो घटना बारे त्यहाँको प्रहरीसँग जान्न खोज्दा प्रहरीले कुुनै प्रतिक्रया दिएन । 

सरकारी आँकडा अनुुसार इक्वेडरका सरकारी अधिकारीहरुले ग्वायाकिलका घरहरुबाट ३०० लाश संकलन गरेका छन् । यो सहरमा २० लाख ९९ हजार मानिसको बसोवास रहेको छ । यो सहर गुुवायस नदिको किनारामा अवस्थित रहेको छ, जुुन देशको मुुख्य बन्दरगाह पनि हो । 

ब्रिटानिका डट कमका अनुुसार आर्थिक दृष्टिकोणले यो देशकै महत्वपूर्ण सहर हो । इक्वेडरमा कोरोनाको संकटसँग जुुध्न गठित मिलिटरी टास्क फोर्सका प्रमुुखले बुुधबार टेलिभिनमा दिएको अन्र्तवार्तामा भने, “हामीले पहिला दैनिक ३० वटा लाशहरु उठाइरहेकोमा अहिले १५० वटा उठाइरहेका छौ ।” 

ग्वायाकिलका मेयर सिन्थिया भितेरीले गत साता आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो पोष्ट गर्दै केन्द्रीय सरकारलाई सहयोगका लागि गुुहारेका थिए । “देशको सार्वजनिक स्वास्थ्य प्रणालीलाई के भइरहेको छ रु उनीहरु लाशहरु सडक र घरबाट उठाइरहेका छैनन् । कोही पनि लाश उठाउन मानिरहेका छैनन ।’ उनले भनिन्–“मानिसहरु किन मरिरहेका छन्, हामीले थाहा पाउनुुपर्छ ।”


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement