Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाका बिरामीको मृत्युबाट दुःखी एक डाक्टरद्वारा आत्महत्या

  |      10:28:00   |  
कोरोनाका बिरामीको मृत्युबाट दुःखी एक डाक्टरद्वारा आत्महत्या

बैशाख १८,काठमाण्डौ । अमेरीकाको न्युयोर्क सहरमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न एक वरिष्ठ डाक्टरले आत्महत्या गरेकी छिन् । 


आत्महत्या गर्ने ४९ वर्षकी लोरेना ब्रीन न्युयोर्कको एलेन हस्पिटलको आपतकालिन विभागमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत थिइन् । कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा भइरहेको बिरामीहरुको मृत्युबाट लोरेना दुखी र हैरान थिइन । 

उनले आफ्ना परिवारका सदस्यहरु संग आफ्नो यो हैरानी र दुुखको बारेमा बताएकी थिइन । प्रहरीका अनुुसार आत्महत्यापछि आइतबार लोरेनाको मृत्यु भएको थियो । 


लोरेनाका बुवा फिलीप ब्रीनले न्युयोर्क टाइम्सलाई भने “उनले आफ्नो काम गर्ने प्रयास गरेकि थिइन । त्यहि कामले उनको ज्यान लियो ।” 

अमेरीकामा कोरोनाबाट ५६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । तर यीमध्ये अधिकांश मृत्यु न्युयोर्क सहरमा भएको छ । लोरेनाका बुुवाका अनुसार उनमा पहिलेदेखि कुनै पनि मानसिक समस्या थिएन । अस्पतालमा काम गर्ने क्रममा लोरेनालाई पनि कोरोना संक्रमण भएको थियो । तर १० दिनसम्म घरमा बसेर उनी पुुनः काममा फर्किएकी थिइन । तर, अस्पताल प्रशासनले उनलाई फेरी घर पठाइदिएको थियो । 

लोरेनाका बुबाले छोरीसँग अन्तिम पटकको कुुराकानीका क्रममा आफू सामान्य रहेको र एम्बुुलेन्सबाट निकाल्नु भन्दा पहिले नै मानिसहरुको मृत्यु भइरहेको बताएकी थिइन । लोरेना काम गर्ने अस्पतालमा कोरोनाबाट दर्जनौ मानिसहरुको मृत्यु भएको छ । 


लोरेनाबा बुवाले छोरीको तारिफ एउटा योद्धाको रुपमा हुुनुपर्ने बताएका छन् । रिपोर्टका अनुसार लोरेना आफ्नो काम र जिम्मेवारी प्रति सर्मपित डाक्टर थिइन र उनी आफ्नो परिवारसँग नजिक थिइन । उनलाई साल्सा र स्किइङ धेरै मन पर्ने गर्दथ्यो । उनी साताको एक दिन वृद्धाआश्रममा काम गर्न जाने गर्थिन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement