Advertisement
Advertisement
Advertisement
Advertisement

कोरनाका त्रासबीच तरकारीको सहजता

  |      11:51:00   |  
कोरनाका त्रासबीच तरकारीको सहजता
►मीना घोरसाइने
चैत २९,काठमाडौँ–१६ वनस्थलीकी शर्मिला थापा अचानक लकडाउनको खबरले त्रसित हुनुभयो । लकडाउन हुनुअगावै दैनिक उपभोग्य खाद्यान्न र ग्यास नपाइने हल्ला चलेपछि उहाँले त्यसको जोहो गरिसक्नुभएको थियो । तर खाद्यान्नभन्दा तरकारी लामो समयसम्म सञ्चय गरेर राख्न नमिल्ने भएकाले त्यसको जोहो कहाँबाट गर्ने भन्ने चिन्ताले उहाँलाई सताउन थालेको थियो ।
 
लकडाउन शुरु भएपछि त्यहाँ नजिकै रहेको नागार्जुन नगरपालिका–१६ स्थित ढुङ्गेधारा मिनी मार्केट सञ्चालनमा आइसकेपछि भने उहाँभित्र भएको त्रास हटेर गयो । उहाँ भन्नुहुन्छ, “मिनीमार्केटबाट पहिलेदेखि नै तरकारी खरिद गथ्र्याँै, लकडाउनमा पनि सञ्चालन होला भन्ने सोचेकै थिइनँ ।” सामान्य खुद्रा पसलले लकडाउनको मौका छोपेर तरकारीको मूल्य अधिक लिएको भए पनि यहाँका व्यापारीले भने साविककै मूल्यमा बिक्री गरेको थापा बताउनुहुन्छ । 
 
थापाजस्तै मिनीमार्ट आसपासका स्थानीयवासी बजार सञ्चालनमा आएपछि निकै हर्षित छन् । लकडाउनमा पनि पहिलेजस्तै सहजरूपमा तरकारी खरिद गर्न पाएकाले दैनिकी सामान्य नै रहेको नागार्जुन–१६ का स्थानीय हरिप्रसाद भट्टराई बताउनुहुन्छ । सरकारले लकडाउनका समयमा पनि बजार सञ्चालन गर्न दिएपछि आफूहरुलाई निकै राहत मिलेको उहाँले बताउनुभयो ।
 
बजारका लागि आवश्यक तरकारी यहाँका खुद्रा व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजारबाट ल्याउने गरेका छन् । तरकारी ल्याउन उनीहरु बिहान ३ बजे नै बजार पुग्ने गरेका छन् । किसानले कम मूल्यमा तरकारी बिक्री गर्नुपरेकाले कालिमाटीमा पनि सस्तो मूल्यमा खरिद गरिरहेको ढुङ्गेधाराका खुद्रा व्यापारी नवराज सिलवाल बताउनुहुन्छ । “पहिलेजस्तो लामो समय बजारमा बस्न नपाएपछि समय बिताउन भने सजिलै भएको छ”, उहाँ भन्नुहुन्छ, “पहिलेजस्तो सहज स्थिति थियो भने चैतमा तरकारीको मूल्य अधिक हुनुपर्ने हो, तर सहज स्थिति नभएकाले विगतका वर्षभन्दा मूल्य ज्यादै नै कम छ ।”
 
दैनिक चार घण्टा मात्र व्यापार गर्नुपर्ने स्थिति रहेकाले ल्याएको तरकारी धेरै नै बिग्रिएर जाने सिलवालले बताउनुभयो । जसले गर्दा नाफा वा घाटाको दुवै स्थिति नरहेको उहाँ बताउनुहुन्छ । तर कोभिड–१९ को त्रासबीच पनि खटिएर सेवा दिन पाएकामा उहाँ निकै हर्षित हुनुहुन्छ । उहाँजस्तै त्यहाँका अन्य व्यापारीको स्थिति पनि उस्तै छ ।
 
सरकारले दिने राहतको भर पर्नुभन्दा आफ्नै कमाइबाट सन्तुष्टि मिल्ने मिनीमार्केट अर्का व्यापारी सुन्दर कायस्थ बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म त व्यापार गरिरहेकै छौँ, पछि के हुने हो टुङ्गो छैन ।” सिन्धुपाल्चोक घर भएका उहाँ लकडाउनका कारण घर फर्कन नपाएपछि व्यापार गर्नुबाहेक आफूसँग अन्य विकल्प नरहेको बताउनुहुन्छ । “आफ्नै गाउँ जान्थ्यौँ त के खाने भन्ने चिन्ता हुँदैनथ्यो, तर यहाँ आफैँले नकमाइ सुखै छैन”, उहाँले दुखेसो पोख्नुभयो ।
 
सरकारले तोकेबमोजिम सामाजिक दूरी कायम राख्न यहाँका स्थानीयवासीको विशेष भूमिका रहेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको यहाँका सञ्चालक रैलेन लामा बताउनुहुन्छ । “कोरोनाको सङ्क्रमणबाट जोगिन विशेष संयन्त्र अपनाएकाले बजार बन्द गर्नुपर्ने स्थिति छैन”, उहाँले भन्नुभयो ।
 
सञ्चालित तरकारी पसल बन्द गर्ने भने पनि स्थानीयवासीको सुविधालाई मध्यनजर गर्दै पसल सञ्चालनमा ल्याएको नागार्जुनका स्थानीयवासी टोनेल कर्माचार्य बताउनुहुन्छ । “टोलका केही युवाको संलग्नतामा स्थानीयवासीलाई कोरोनाको माहामारीबाट बचाउन यहाँ आउने ग्राहकले सरकारले तोकेको नियम पालना गरे÷नगरेको अनुगमन गर्ने काम गरिरहेका छौँ”, कर्माचार्य भन्नुहुन्छ । सबै जनतामा कोरोना भाइरसबाट बच्ने चेतनाको विकास भएकाले कडाइ गरिहाल्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । तर बजारमा स–साना बालबालिका र वृद्धवृद्धालाई सङ्क्रमणबाट बचाउन गाह्रो हुने भएकाले बजारमा नल्याउने सबैलाई अनुरोध गरिरहेको उहाँको भनाइ छ । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement