Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड खोप भनेर जर्मनीमा एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

  |      17:54:00   |  
AFP
AFP

साउन २९, काठमाडौं । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्।

नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो।

गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। 
तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो।

प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपलाई अस्वीकार गरेका छन्। 

यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ। हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन। क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ। जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएका छन्।

जर्मनी खोपविरुद्ध थुप्रै प्रदर्शनहरू भएको देश हो। प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई ती ४० वर्षीया स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा 'कोरोनाबारे नकारात्मक जानकारी' लेखेकी र सरकारले भाइरसको सङ्क्रमण रोक्न लगाएको प्रतिबन्धको पनि आलोचना गरेकी बताएका छन्।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement