Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड–१९ : एक युवती आइसोलेसनमा

  |      10:49:00   |  
कोभिड–१९ : एक युवती आइसोलेसनमा
चैत २८,दमौली । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक युवतीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती युवतीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो ।
कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखिएको उपचार थालिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । दुबईबाट आएका उनका भिनाजु एक हप्ता ससुरालीमा बसेको खुल्न आएको छ । “ज्वरो र श्वास फेर्न गाह्रो भएपछि निजका परिवारले स्वास्थ्य शाखामा सम्पर्क गरेका थिए, नगरपालिकाले एम्बुलेन्स मगाएर उपचार केन्द्र पठाएका हौँ ।”
केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ती युवतीलाई हल्का ज्वरो देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार युवतीको स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । “रिपोर्ट प्राप्त नभएसम्म उनलाई आइसोलेसनमै राखिनेछ”, डा श्रेष्ठले भन्नुभयो । कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा २७ श्ययाको कक्ष तयारी अवस्थामा छ । जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसनकक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसनकक्ष तयारी अवस्थामा छ । 
दुईको नतिजा नेगेटिभ
दमौली अस्पतालमा स्वाबको सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउँदा नतिजा नेगेटिभ आएको छ । अस्पतालबाटै स्वाबको सङ्कलन गर्ने व्यवस्था मिलाइएको पहिलो दिन बिहीबार व्यास नगरपालिकाभित्रका दुई जनाको स्वाब सङ्कलन गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । परीक्षणका क्रममा दुवैको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । 
कोभिड–१९ का शङ्कास्पद बिरामीले पोखरा गएर स्वाबको नमूना दिनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अस्पतालले दमौलीबाटै स्वाब सङ्कलनको व्यवस्था मिलाइएकाले शङ्कास्पद बिरामीले अस्पतालमा आएर नमूना दिन सक्ने अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा सात घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहँुको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान स्करपियो जिप दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडौँबाट पर्वततर्फ जाँदै गरेको बा२झ ४२२२ नंको जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
स्वास्थ्य सामग्री लिएर फर्कँदै गरेको पर्वतको जलजला गाउँपालिकाको जिप सडकबाट अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेहरुको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement