Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

  |      20:01:00   |  
वेब तस्विर
वेब तस्विर
चैत १६, (एपी/सिन्ह्वा/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । 
 
प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोविड–१९ को संक्रमण देखिइसकेको छ । 
 
त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ५ हजार ९८२ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो ।   
 
यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २३ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २२९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ ।
 
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । 
 
कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४३९ जना सङ्क्रमित रहेका छन् । 
 
इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ५१७ जनाको मृत्यु भएको छ । हाल ३५ हजार ४०८ जना सङ्क्रमित रहेका छन् । 
 
जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ४५५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित रहेका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ३१४ जनाको मृत्यु भएको छ ।
  
बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार १९ जनाको ज्यान गएको छ । यहाँका १७ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । 
 
युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ । 
 
कोरोनाभाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ६३९, बेल्जियममा ४३१, स्वीट्जरल्यान्डमा २६४, टर्कीमा १०८, स्वीडेनमा १०५, पोर्चुगलमा १०० जनाको मृत्यु भइसकेको छ । 
 
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमणका कारण १५२ जनाको मृत्यु भएको छ । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement