Advertisement
Advertisement
Advertisement
Advertisement

कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

  |      13:55:00   |  
कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको  पुष्टि, नेपालमा संक्रमितको संख्या १४  पुग्यो

वैशाख १, काठमाडौं । कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 
 

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित  भएको पाइएको छ  । उनीहरु दुवै  भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो । 
 

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र  काठमाडौँमा दुईदुई तथा  रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

६५ वर्षीया वृद्धा १८ गते अन्य ३५ जनासँगै बसको यात्रा गरी कैलाली पुगेकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा पर्छ । ती महिलासहितलाई १८ गतेबाट २९ गतेसम्म क्वारेन्टाइनमा राखिएको थियो । 

लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पुर्याएको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । 

प्रहीका अनुसार ती महिलासहित कैलाली पुगेका ३५ जनाकै समूहलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । 

क्याम्पसमा रहेका सबैको केही दिनअघि द्रूत गतिको परीक्षण गरिएकोमा सुरुमा नेगेटिभ रिपोर्ट आएको थियो । तर, पीसीआरबाट परीक्षण गर्दा भने ती महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।  ती महिलाको दोश्रो चरण निकालिएको स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको थियो । 

महिलामा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै क्याम्पसको क्वारेन्टाइनमा बसेका सबैलाई फिर्ता बोलाइएको छ । बसमा ती महिलासँगै यात्रा गर्ने अरुको पनि खोजी गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ । 

कोरोना संक्रमित महिलालाई भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement