Advertisement
Advertisement
Advertisement
Advertisement

के राष्ट्रिय रूपमा किशोरीलाई लगाउन भनिएको एचपीभी खोप सुरक्षित छ ?

  |      16:07:00   |  
 के राष्ट्रिय रूपमा किशोरीलाई लगाउन भनिएको एचपीभी खोप सुरक्षित छ ?

पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट राष्ट्रिय खोप अभियान सञ्चालन गर्दै छ।

विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिन लागिएको छ। यसका लागि आवश्यक लगभग सबै खोप ल्याएर हाल सबै प्रदेशमा पठाइँदै छ।

यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ।

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा। अभियान गौतमले भने, ‘हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ। आगामी वर्षदेखि फागुन महिनालाई नियमित एचपीभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ। आव २०८२।०८३ देखि नियमित एचपीभी खोप सेवा सञ्चालन गरिनेछ।’

पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग होरु

पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ। नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो। यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ।

के एचपीभी खोप सुरक्षित छ रु

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत निस्शुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधि व्यवस्था विभागले समेत स्वीकृत गरेको हुनाले यो खोप सुरक्षित र प्रभावकारी छ। अहिले एचपीभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई दिइँदै आइएको छ। यसको प्रभावकारिता शतप्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाइसकेको छ।

⁠हाल नेपालमा लगाइन लागिएको चिनियाँ ‘सिकोलिन’ ब्रान्डको एचपीभी खोप एचपीभीको प्रजाति १६ र १८ विरुद्ध ९७ प्रतिशतसम्म प्रभावकारी भएको अध्ययनले देखाएको हुँदा खोप सुरक्षित रहेको बताउँछन् भेरी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदी।

उनका अनुसार १३ देखि १५ वर्षको उमेरमा किशोरीहरूलाई एचपीभी खोप लगाउन सके एचपीभी भाइरसको कारण हुने पाठेघरको मुखको क्यान्सरबाट ९० प्रतिशतसम्म बच्न सकिन्छ।

एचपीभी खोपले भविष्यमा देखिन सक्ने पाठेघरको मुखको क्यान्सरबाट वेलैमा बच्न सकिने हुँदा आफ्ना किशोरी छोरीहरूलाई ढुक्कसँग लगाउन सकिने बताउँछन् अर्का वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा जागेश्वर गौतम।

एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने तर पूर्ण मात्रा नलगाए खोपको प्रभावकारिता कम हुने समेत प्राडा गौतमले बताए।

उनले भने‚ ‘१३ देखि १५ वर्षका किशोरीमा पूर्ण डोज एचपीभी खोप लगाउन सकियो भने एकदमै प्रभावकारी हुन्छ। यदि एक मात्रा मात्रै लगाइयो भने खासै प्रभावकारी मानिँदैन।’

‘सक्रिय यौनजीवनमा प्रवेश गर्नुभएका महिलाहरूले पनि एचपीभी डीएनए परीक्षण गरेर यो खोप लगाएको पाइएको छ तर एचपीभी भाइरस शरीरमा प्रवेश गरिसकेको अवस्थामा यो खोप लगाएर केही फाइदा हुँदैन बरु हरेक वर्ष पाठेघरको मुखको परीक्षण गरे बेस हुन्छ।’

साधारणतया एचपीभी लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने जस्ता अन्य खोपको जस्तै साधारण साइडइफेक्ट हुने भए पनि ठूलो खालको साइडइफेक्ट नरहेको डा। गौतमले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement