Advertisement
Advertisement
Advertisement
Advertisement

के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

  |      14:19:00   |  
के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

बैशाख ८, काठमाण्डौ । अहिलेसम्म एउटा कुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुत भए कोभिड १९ को हमला घातक हुदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुझावहरु आइरहेका छन्।


यो पहिलोपटक भने होइन। हरेक महामारीको समयमा यस्ता कुराहरु आइरहन्छन्। 

सन् १९१८ मा जब स्पेनिस फ्लू फैलियो तब पनि यस्तै कुराहरु भए र आज २०२० मा पनि यस्तै देख्न पाइरहेको छ। जेहोस् यी सयौं वर्षमा चिकित्सा विज्ञानको मामलामा व्यक्तिले धेरै प्रगति गरेको छ।


धेरैभन्दा धेरै हस्तमैथुुनले ब्लड सेल बढ्ने भन्ने अफवाह मिडियामा भाइरल भइरहेको छ र भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुुर मात्रामा भएको फल खान सल्लाह दिइरहेको छ। धेरै मानिसहरु प्रोबायोटिक्स लिन सुुझाव दिइरहेका भेटिन्छन्। कोही भने ग्रिन टी र रातो खुुर्सानी कोभिड १९ लाई कमजोर गर्न सक्छ भनिरहेका छन्।

रिसर्च भन्छ– सुुपर फूूूड बजारमा फैलिएका एक मिथक हो। विज्ञानको रिसर्चमा यो कुुुराको कुुनै प्रमाण भेटिएको छैन कि यसले प्रतिरोध क्षमता बढ्छ। 

अमेरिकाको येल युुनिभर्सिटीकी इम्युुुनोलोजिस्ट अकीको इवासाकी भन्छन्, ‘प्रतिरोधक क्षमताको ३ हिस्सा हुुुन्छ छाला, श्वास मार्ग र म्यूूकस झिल्ली। यी तीनैले हाम्रो शरीरमा संक्रमण रोक्नमा मद्धत गर्दछ।’ यदि कुुनै भाइरस यी ३ अवरोधलाई तोडेर भित्र घुुस्छ भने भित्रको कोशिकाहरु तीव्र रुपमा सक्रियता बढाउँछन् र भाइरससँग लड्न सुुरु गर्छ।
नष
यदि यतिले पनि काम नगरे एडप्टिभ इम्युन सिस्टम आफ्नो काम सुुरु गर्दछ। यसमा कोशिकाहरु, प्रोटिन सेल र एन्टीबडी समावेश हुुन्छन्। शरीरभित्र यो रोग प्रतिरोधात्मक क्षमता उदय हुुन केही दिन वा हप्ता लाग्न सक्छ। एडप्टिभ इम्युन सिस्टम केही खास ढंगले किटाणुसँग नै लड्छ।

हल्का खोकी, ज्वरो, टाउको दुखाइका लक्षण कुुनै भाइरसका कारण हुुँदैनन् बरु यो हाम्रो शरीरको त्यो प्रतिरोधक क्षमताको हिस्सा हुन्छन्। जुन हामीलाई जन्मँदा नै प्राप्त हुुन्छ। 

चइङ्गुमको मद्दतले ब्याक्टेरिया बाहिर निस्कन मद्दत मिल्छ। शरीरमा भाइरस फस्टाउन रोक्न माहौल बनाउँछ। यस्तो अवस्थामा यदि कसैले भनेकै भरमा प्रतिरोधक क्षमता बढाउने चीजहरुको सेवन गरे पनि फाइदा हुनेवाला भने छैन।

अक्सर मानिस मल्टी भिटामिनका सप्लिमेन्ट यो आशामा लिइरहेका हुुन्छन् कि उसको रोग प्रधिरोधक क्षमता बढ्छ। अध्ययन भन्छ, ‘जो मानिस स्वस्थ उसलाई यसको जरुरत पर्दैन।’

अतिरिक्त सप्लिमेन्ट लिने आदतको सिकार केवल आम ानिस नै हुुन्छन्। पढेलेखेका मानिस पनि यो जालमा फस्छन्। 

उदाहरणका लागि दुुईपटक नोवेल अवार्ड विजेता लाइनस पालिङ चिसोसँग लड्नका लागि हरेक दिन १८ हजार मिलिग्राम भिटामिन सी लिन थाले। यो मात्रा शरीरको आवश्यकताभन्दा ३०० गुुणा अधिक थियो। भिटामिन सी चीसोविरुद्ध लड्न अत्यन्तै थोरै मद्दत गर्दछ।

यसबारे बजारमा बिछ्याइएको मायाजाल धेरै छ। जानकारहरु भन्छन्, ‘विकसित देशहरुमा मानिस सन्तुुलित भोजन ग्रहण गर्छन्। उनीहरु आफ्नो शरीरका आवश्यकताअनुसार भिटामिन सी पाउँछन्। त्यहीँ भिटामिन सीको सेवन धेरै किड्नीको पत्थरीको कारण बन्न सक्छ।’

जानकारका अनुसार जबसम्म शरीरमा कुनै भिटामिनको कमी हुुँदैन तबसम्म कुनै पनि प्रकारको सप्लिमेन्ट हानिकारक हुनसक्छ। केबल भिटामिन डीमात्र फाइदाजनक हुन सक्छ।

धेरै अध्ययनहरुमा पाइएको छ कि भिटामिन डीको कमीले श्वाससम्बन्धी रोग हुुने सम्भावना बढ्छ। यसको कमीले अटो इम्युनवाला बिरामी पनि हुन सक्छ।

मानिसहरुमा भिटामिन डीको कमी हुनु केबल गरिब देशहरुको समस्या मात्रै हैन कि धनाढ्य देशहरुमा पनि एक गम्भीर समस्या हो। एक अध्ययनका अनुुसार सन् २०१२ सम्म सारा संसारमा करिब १० लाख मानिस यस्ता थिए जसमा भिटामिन डीको कमी थियो। भिटामिन डीको कमीले ती मानिसहरुमा धेरै हुन्छ जो घामबाट टाढा बस्नेहरुमा हुन्छ।

हस्तमैथुुनलाई लिएर सदियौंदेखि केही गलत धारणाहरु समाजमा छन्। यतिसम्म कि वर्षौंसम्म कतिपय बिरामीको जड मानिन्छ तर आधुनिक अध्ययन यसले स्वास्थ्यसम्बन्धी धेरै फाइदाहरु रहेको बताइन्छ तर हस्तमैथुन कोभिड १९ बाट बच्ने दाबी चाहिँ सरासर गलत हो।

शरीरमा ह्वाइट सेल्सले विषालु अक्सिजन पदार्थ निकाल्छ। जो दोहोरो तरबारको काम गर्छ। एकातर्फ यो शरीरमा कुुनै ब्याक्टेरिया वा भाइरस बढ्न रोक्छ भने अर्कातर्फ स्वस्थ कोशिका समाप्त गर्छ र रोग प्रतिरोधक क्षमता कमजोर बनाइदिन्छ। यसैले सबै कोशिकाहरु स्वस्थ र सुरक्षित राख्नका लागि एन्टी अक्सिडेन्टको जरुरत पर्दछ। हामी यो एन्टी अक्सिडेन्ट धेरै मात्रामा फल र सब्जीमा पाउन सकिन्छ। यसका लागि अलग्गै सप्लिमेन्ट लिन जरुरत छैन।

एन्टी अक्सिडेन्ट रोग प्रधिरोधक क्षमता कति मद्दतदार छ। यसमा पनि रिसर्च जारी छ तर यो रिसर्च अहिले कुनै नतिजामा पुगेको छैन।

केही ब्याक्टेरिया यस्ता हुन्छन् जो शरीरका मित्र हुुन्छन्। हाम्रो स्वास्थ्यका लागि उनीहरुको धेरै आवश्यक हुुन्छ। कतिपय बेला शरीरमा यी ब्याक्टेरियाको कमी हुन्छ। यसैले बजारबाट प्रोबायोटिक्स सप्लिमेन्ट लिन पर्छ। 

संकटको यो दौरानमा केही वेबसाइटमा प्रोबायोटिक्स कोभिड १९ विरुद्ध लड्न मद्दत गर्ने दाबी गरिरहेको छ। यस्ता दाबीहरु झूठ हुन्। यो दाबीमा अहिलेसम्म कुनै पनि रिसर्चको यकिन सबूत पेश गरिएको पाइँदैन।

अब प्रश्न यो हो कि कोभिड १९ बाट बच्ने कसरी रु यसका लागि हाल यो जरुरी छ कि जतिसक्दो सामाजिक दूरी र सरसफाइमा ध्यान राख्नुपर्छ । सन्तुलित आहार लिनुुहोस्। नियमपूर्वक व्यायाम गर्नुहोस्। कोही वेलनेस विज्ञको बहकाउमा आएर स्वयं डाक्टर नबन्नुहोस्। समस्या हुने बित्तिकै तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement