Advertisement
Advertisement
Advertisement
Advertisement

किसानलाई जौ र गहुँ टिप्न चटारो

  |      16:09:00   |  
किसानलाई जौ र गहुँ टिप्न चटारो
►नृपेन्द्रबहादुर मल्ल
वैशाख २५, रारा ।  कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँका किसान  खेतबारीमा जौ र गहुँ काट्न व्यस्त  छन् ।
 
कात्तिकमा छरेको जौ वैशाखको दोस्रो सातासम्म अघिल्ला वर्षमा किसानले भित्र्याइसकेका हुन्थे । यो वर्ष गत चैत ११ गतेदेखि कोरोना भाइरसको जोखिम हुन नदिन जारी  लकडाउनका कारण  वैशाख तेस्रो सातासम्म ती बाली भित्र्याउन चहलपहल थिएन ।   पुनः  लकडाउन थप भएपछि यसको प्रवाह नगरी बाली  भित्राउन लागेका हुन् ।
 
छायाँनाथ रारा नगरपालिका–४ का किसान ठेकबहादुर रोकायाले जौ खेतमै रहनुभन्दा हरियो भए पनि काट्न थालेको जानकारी दिनुभयो ।  अघिल्ला वर्षहरुमा वैशाख महिनाको दोस्रो सातामै जौ काटिसकेर यतिबेलासम्म खेतमा धान र कोदोको बेर्ना तयारी भइसक्ने   वडा नं १ का स् गोविन्द्र मल्ल बताउनुहुन्छ । लगातारको वर्षाले जौ, गहुँ पाक्न पाएको छैन काँचो भए पनि पशु चौपाया भौकै मर्ने भएकाले घाँसका लागि र बर्खेबाली लगाउन जौ, गहुँ काट्न शुरु गरेको अर्का किसान प्रकाश रोकायाले जानकारी दिनुभयो ।
 
कृषि कार्यालय मुगुका प्रमुख केवी रोकायाले दिएको जानकारीअनुसार यो वर्ष अहिलेसम्म चिसो भएका कारण समयमै पाक्ने हिउँदेबाली जौ अहिलेसम्म राम्रोसँग पाकेको छैन । जौ काटेर खेतमा कोदो र धानको  बेर्ना राख्ने समय भएकाले साथै पशु चौपायालाई खुवाउने घाँसको अभावका कारण पनि किसानले हरियो जौ भित्र्याउन  थालेका हुन् । अघिल्ला वर्षहरु भन्दा यो वर्ष जौ राम्रो फलेको थियो । बर्खेबाली र पशु चौपायाका लागि  हरियो जौ भए पनि काट्न थालेको कार्यालय प्रमुख रोकायाले बताउनुभयो ।
 
जिल्लाका उच्च स्थानमा रहेका बस्तीका खेतगरामा वर्षको एकबाली मात्र उत्पादन हुने भएकाले ती क्षेत्रका स्थानीयवासीले लगाएको जौ, गहुँ भदौ, असोजमा मात्र पाक्ने भएकाले सोही समयमा घर भित्र्याउने गर्छन् तर बेँसीमा (औल) रहेका बस्तीमा वर्षभरि दुई बाली उत्पादन हुने भएकाले यो समयमा बर्खे बाली कोदो, धान, पाखेधान, मकै लगाउन किसान हिउँदमा लगाएको जौ, गहुँ नपाके पनि घर भित्र्याउन थालेकाहुन् । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement