Advertisement
Advertisement
Advertisement
Advertisement

किसानको तरकारी बजारमा पु¥याउन समस्या

  |      16:24:00   |  
किसानको तरकारी बजारमा पु¥याउन समस्या

जेठ ९, पाल्पा ।  व्यावसायिकरूपमा उत्पादित तरकारी बिक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा बिक्री हुनसकेको छैन । 

जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामेलगायतका स्थानमा उत्पादित तरकारी बजारमा पु¥याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ । खुमडाँडा सामूहिक तरकारी समूहका अध्यक्ष जीतबहादुर रानाले १६ रोपनी जग्गामा उत्पादित काँक्रो, बन्दा, टमाटर बेच्नका लागि बजारको अभाव हुँदै देखिएको बताउनुभयो ।

उहाँले छ हजार काँक्रोको बिरुवाबाट उत्पादित काँक्रा अहिले बजार पाउन नसकेपछि २० क्यारेट स्थानीय बासिन्दालाई निःशुल्क वितरण गर्नुभएको छ । बाँकी काँक्रो टिपेर राख्ने काम मात्र भएको छ । गाउँमा किनेर खाने अवस्था छैन । उक्त स्थनमा २६ युवाको सक्रियतामा व्यावसायिक तरकारी खेती हुँदै आएको हो । व्यावसायिक तरकारी खेतीका लागि १६ रोपनी जमिन वार्षिक रु एक लाख भाडामा समूहले लिएको छ । तरकारी बेचेर जग्गा भाडा तिर्ने योजनामा काम गरेका युवाले जग्गाको भाडा तिर्न नसक्ने अवस्था देखिएको रानाले बताउनुभयो । 
 
पाल्पाको ताहँु, आर्यभञ्याङ, रामपुर, तानसेन क्षेत्रमा बिक्री हुँदै आएकामा अहिले बन्दाबन्दीमा निकासी हुन नसक्दा किसान मर्कामा परेको पूर्वखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कँडेलको बताउनुभयो । कृषि शाखाका अनुसार सिलुवाका आठ युवाद्वारा उत्पादित आठ टन बन्दागोभी, एक टन काँक्रो, एक टन टमाटर, हेक्लाङ्गका ६१ युवाद्वारा तीन टन काँक्रा, जल्पाका १०० परिवारद्वारा उत्पादित एक टन टमाटर, दुई टन बन्दाकोभी, दु्ई टन सिमी निकासी हुनसकेको छैन ।

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका किसान खेतबारीमा फलिरहेको सिमी, टमाटरलगायतका तरकारी बजार नपाउने भएपछि चिन्तित बनेका छन् । तरकारी कहाँ लगेर, कसरी बेच्ने होला भन्नेमा चिन्तित बनेको स्थानीय कृषक रामबहादुर बम्रेलले गुनासो गर्नुभयो । रैनादेवी छहरा गाउँपालिकाको मुझङ र सोमादीमा व्यावसायिकरूपमा तरकारी उत्पादन हुँदै आएको छ । उत्पादित तरकारी निकासीमा समस्या हुँदै आएपछि किसान निरास भएका छन् ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement