वैशाख १६ , कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७: ३० बजे मृत्यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका-७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ गते वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।