वैशाख १५ , काठमाडौं । काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो ७ संकल्प सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । सिंहले बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् ।
उक्त संकल्पमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, सेवा र सुशासन, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, सबल युवा,स्वावलम्बी महिला, सृजनशील महानगरवासी छन् ।
सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई मनोनित गरेको छ । उपमेयरको उम्मेदवारमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।