बैशाख ११, काठमाडौं । विवेकशील साझाको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताएकी छन् । आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै बास्कोटाले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् । उनले भनिन्, ‘काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको केन्द्र हो भनेर यहाँका बासिन्दाले तराजु चिह्नमा मतदान गरी परिवर्तनको संवाहक बनेर देखाउनुहुनेछ ।’