असोज १४, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतक मागी खाने महिला भएको खुल्न आएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शव गल्न थालेको अवस्थामा भेटिएको थियो ।