Advertisement
Advertisement
Advertisement
Advertisement

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

  |      16:25:00   |  
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

► नारायण अधिकारी 

जेठ २१, चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उहाँलाई तोकिएको छ । 

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उहाँ भने कोरोना अस्पतालमा खटिरहनुभएको छ । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आउनुभएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहनुभएको छ ।
 
कोरोना अस्पतालमा केही दिनयता स्वाब सङ्कलन गर्न छाडे पनि त्यहाँ रहेका चार सङ्क्रमितको चौबीसै घण्टाको व्यवस्थापन उहाँको थाप्लोमा छ । उनीहरुको खानपानदेखि स्वास्थ्योपचार मात्र होइन, त्यहाँ कार्यरत २७ कर्मचारीको खानपान र बसोबासको व्यवस्थापन उहाँ आफैँले गर्दै आउनुभएको छ । 

उच्च जोखिममा काम गर्नुपर्ने भए पनि सङ्क्रमित निको पार्न र सङ्क्रमण सार्नबाट रोक्न उहाँको व्यवस्थापन प्रभावकारी देखिन्छ । दैनिक सङ्क्रमितसँग टेलिफोन र भिडियोकलबाट उनीहरुको अवस्था उहाँले बुझ्ने गर्नुहुन्छ । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उहाँको दैनिकीमा पर्दछ । उहाँले भन्नुभयो, “दिउँसो त म अस्पतालमै हुन्छु, साँझ–बिहान जतिबेला समस्या पर्छ त्यतिबेला यहाँ आउँछु ।”

खानादेखि औषधिसम्मको चाँजोपाँजो आफँैले मिलाउनुपर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमा नै हुने उहाँले बताउनुभयो । डा शान्ति बिरामी थपिँदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्वतयारीमा यतिबेला जुटिरहनुभएको छ । “गुनासो कसैको नआउने गरी व्यवस्थापनमा जुटेको छु”, उहाँले भन्नुभयो “सङ्क्रमितलाई सकेसम्म छिटो सङ्क्रमणमुक्त भएर फर्काउन सकियोस् भन्ने चाहना छ ।”

सङ्क्रमितसँग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार काम गराउन उहाँ तल्लीन हुनुहुन्छ । जसका कारण सङ्क्रमण उनीहरुलाई नफैलियोस् भन्ने उद्देश्यका साथ अस्पतालमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६०० जनालाई सेवा दिइसकेको छ । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटलको क्वारेन्टिनमा बसिरहेका छन् भने उहाँ अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आउनुभएको थियो । दुई दिनअघि स्वाब परीक्षण गरी अहिले रातको समयमा छोराछोरीसँगै माइतमा बस्दै आउनुभएको छ । 

माइतीका हजुरआमा, बुबा, आमा, बहिनी ज्वाइँ सबैको साथ र सहयोगकै कारण आफू अस्पतालमा खट्न पाएको उहाँले बताउनुभयो । उहाँले सङ्क्रमण सर्न नपाओस् भनेर सावधानी अपनाएरै काम गरेको बताउनुभयो । “सङ्क्रमित थपिँदै गर्दा उहाँ फेरि क्वारेन्टिनमै बस्नुपर्ने छ”, उहाँले भन्नुभयो, “यो सङ्कटको समयमा पारिवारिक पीडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनाँै भने कसले उपचार गर्छ ।” एनेस्थेसियाका नवौ तहकी भुर्तेल छोटो समयमा विभिन्न अस्पतालको अनुभव हासिल गरिसक्नुभएको छ । उहाँले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, शान्ति सापकोटालगायत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आफूलाई सहज भएको बताउनुभयो ।
 
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारी डा भुर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढङ्गले गरिरहेको बताउनुभयो । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पूरा गरेमा सङ्क्रमणबाट जोगिन सकिने उहाँको भनाइ छ । परिवारिक पीडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा भुर्तेल झैँ जोखिम मोलेर राष्ट्र सेवामा समर्पित हुने बेला आएको छ । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement