Advertisement
Advertisement
Advertisement
Advertisement

कांग्रेसले ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्दै

  |      16:36:00   |  
web image
web image

भदौ ८, काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भदौ ११ गते हुने एकदिने सम्मेलनको उद्देश्य महिला उद्यमीको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउँदै नेपालको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु रहेको पार्टीले जनाएको छ।
सम्मेलनमा महिला उद्यमीका लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग, डिजिटल बजार र व्यवसाय विस्तारका चुनौती तथा अवसरबारे छलफल हुनेछ। यसका लागि व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका विज्ञ सहभागी हुने गरी तीनवटा विषयगत प्यानल सञ्चालन गरिनेछ।
कार्यक्रमसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ। प्रदर्शनीमा उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।
सम्मेलनको अर्को आकर्षण ‘मेरो उद्यमशील यात्रा’ रहनेछ। यसमा सफल महिला उद्यमीले आफ्नो संघर्ष, चुनौती, सफलता र अनुभव सुनाउँदै नयाँ पुस्तालाई उद्यमशीलतामा अघि बढ्न प्रेरित गर्नेछन्।
त्यस्तै, कार्यक्रममा लगानी, वित्तीय पहुँच, व्यवसाय दर्ता तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिने कांग्रेसले जनाएको छ।
सम्मेलन भदौ ११ गते बिहान ८ बजे सुरु हुनेछ। कांग्रेसले कार्यक्रममा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement