Advertisement
Advertisement
Advertisement
Advertisement

कहिले आउनुहुन्छ आमा !

  |      10:59:00   |  
कहिले आउनुहुन्छ आमा !

►हेमन्त केसी
वैशाख ९,जाजरकोट।  घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिनुभएको छ । 
घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था नभएपछि उहाँ नेपालगञ्जको एक होटेलमा बसेर दैनिक छोराछोरीसँग फोनमा कुरा गर्दै चित्त बुझाइरहनुभएको छ । नेपालगञ्जबाट जाजरकोट सदरमुकाम ३२ कोस टाढा मानिन्छ । बोहरालाई कसैले उद्धार गरेर बारेकोट पु¥याइदिन्छ कि भन्ने आशा भने मरेको छैन । उहाँ भन्नुहुन्छ, “माइतीघरमा रहेका आमाबुबाको जिम्मामा १२ वर्षको छोरा र १४ वर्षकी छोडेर आएकी हुँ । उनीहरुले ‘कहिले आउनुहुन्छ आमा १’ भनेर फोन गर्छन्, तर म बन्दमा परेको छु भनेर सम्झाउँछु, पत्याउँदैनन् ।”
 बारेकोट सिनाकोटमा लकडाउनको खासै प्रभाव नभएका कारण छोराछोरीले यो कुरा सजिलै पत्याउने अवस्था छैन । भद्रकलासँगै बारेकोटका मजदुरी गर्न भारत गएकादेखि काठमाडौँबाट आएर अलपत्र परेका ७६ नेपालगञ्जमा छन् । पर्याप्त खर्च नभएकाले आफूहरु होटेलमा सँधै खाना खाने अवस्थामा नरहेको अर्का पीडित सुरेन्द्र बोहराले बताउनुभयो ।“चिच्याउने हो भने पनि सुन्ने कोही छैन, मुटु भक्कानिएर आउँछ के गर्नु, हिँडेर जानसक्ने अवस्था छैन ।” बोहराले भन्नुभयो ।
 काठमाडौँबाट आएर नेपालगञ्जमै लकडाउनका कारण रोकिएका नन्दलाल बस्नेतले पनि होटलमा खाँदा सबै रकम सकिएको बताउनुभयो । नेपालगञ्जको स्थानीय सरकार र प्रशासनले समेत केही नहेरेको गुनासो छ । डोल्पाका २० भन्दा बढी सर्वसाधारण पनि नेपालगञ्जमै अलपत्र परेका छन् ।
 गाउँघरमा खेतीबाली लगाउने समय भइसकेकाले उनीहरु थप चिन्तित छन् । वैशाखको पहिलो हप्तादेखि नै मकै, गहुँ, तरकारी, भित्र्याउनेदेखि मकै रोप्नेसम्मका काम हुने गरेको छ । 
प्रभावितहरुको समस्या थाहा पाएपछि बारेकोट गाउँपालिकाले आफ्ना नागरिक अलपत्र परेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई चिट्टी लेख्दै सबैलाई राहत सामग्री दिन अनुरोध गरेको छ ।
 
बारेकोट गाउँपालिकाले लेखेको पत्रमा भनिएको छ, “आवश्यक प्रमाणपत्र नपुगेका सर्वसाधारणलाई पनि यसै पत्रमा उल्लेख भएको नामवालीका आधारमा राहत उपलब्ध गराउन अनुरोध छ ।” 
त्यस्तै दैलेख घर भएका २० भन्दा बढी सर्वसाधारण रुकुमपश्चिमको सानीभेरी नगरपालिकामा पुगेका छन् । उनीहरु जाजरकोट हुँदै दैलेख जान चाहेको टेलिफोनमार्फत जानकारी गराएका छन् । उनीहरुले स्थानीय सरकारसँग घर जानका लागि यातायातको व्यवस्थाका लागि आग्रह गरेका छन् ।
 पछिल्लो समयमा जाजरकोट घर भई काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँमा ज्यालादारी काम गरिरहेका ४४१ मजदुरलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काठमाडौँबाट जाजरकोट पठाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी नेताहरु नारायण घर्ती, मुक्ति बस्नेत, मुस्कान रोकाय र ज्ञानु खड्काले ठाउँठाउँबाट मजदुरलाई  काठमाडौँको गुर्जुधारा जम्मा गरी  जाजरकोट पठाएका हुन् । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement