Advertisement
Advertisement
Advertisement
Advertisement

कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ ?, यस्ता छन् जोगाउने तरिका

  |      17:55:00   |  
web imege
web imege

पुष ४, काठमाडौं । उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। 

कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम,भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा समेत कपाल फुल्छ। 

कपालमा कालोपना आउने तत्वको कमीले कपाल फुल्ने समस्या हुन्छ। यसको औषधि त छ। तर पुरै निर्मुल हुनेगरी उपचार गर्न कठिन हुन्छ।

कपाल झर्ने समस्या विभिन्न कारणले हुन्छ। यसको आन्तरिक र बाह्य कारण दुवै हुन्छ। खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी लगायतले यो समस्या हुन्छ। त्यस्तै डेंगी, कोभिड र टाइफाइडलगायतका रोग लागेको तीन महिनापछि कपाल झर्ने समस्या हुन्छ।

त्यस्तै थाइराइडको कारणले समेत कपाल झर्छ। भिटामीन डी, भिटामीन बी-१२ को कमीले गर्दा पनि कपाल झर्छ। बच्चा जन्मिएपछि पनि कतिपयमा कपाल झर्ने समस्या हुन्छ।

ज्वरोका कारणले कपाल झरेको छ भने त्यो विस्तारै ठीक हुन्छ। यो बाहेकका समस्याले कपाल झरेको छ भने त्यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।

हिजोआज कपाल प्रत्यारोपण गर्न पनि सहज हुँदै गएको छ। अगाडिको भागको मात्रै कपाल गएको छ भने पनि प्रत्यारोपण गर्न सकिन्छ। अहिले त आँखीभौं समेत प्रत्यारोपण गर्न सकिन्छ।

कपाल झर्ने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने, कपाल फुल्ने समस्या र यसको उपचार लगायतका विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अमृता श्रेष्ठसँग  कुराकानी गरेका छौं।

स्रोत- सेतोपाटी 

                                      ( डा.अमृता श्रेष्ठ -छाला तथा यौन रोग विशेषज्ञ )


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement