Advertisement
Advertisement
Advertisement
Advertisement

कपाल किन झर्छ ? यस्ता छन् कारण र रोकथामको उपाय

  |      15:29:00   |  
web image
web image

२९, काठमाडौं । हरेक दिन हाम्रो केश झर्छ । यो स्वाभाविकै हो । दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ । यो समस्या बढ्दै गए कम उमेरमै तालुपना देखिन सक्छ । केश झर्ने धेरै कारण हुन सक्छन् । महिलाहरूमा महिनावारीको समयमा, थाइराइड र तनावलगायतका कारणले केश झर्छ । गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलामा पनि केश झर्ने समस्या हुन्छ । पोषकतत्वको कमी, हर्मोनल औषधिको प्रयोग वा अन्य औषधिको सेवन र विभिन्न रोगका कारण पनि यो समस्या देखिन्छ । केशको नियमित र सही किसिमले हेरचाह नगर्दा पनि केश झर्ने समस्या आउँछ । तर, औषधिको सेवनबाट यो समस्या निको हुनसक्छ ।

 

केशको हेरचार गर्ने तरिका

-स्याम्पु गर्दा केशलाई धेरै रगड्नु हुँदैन । यसले केश बिग्रने खतरा बढ्छ । स्याम्पु गर्दा जरामा लगाएर विस्तारै मसाज गर्नुपर्छ । त्यसपछि पानीले आफै पखालिन दिनुपर्छ ।

 

-हरेक पटक स्याम्पु गर्दा कन्डिसनरको प्रयोग गर्नु हुँदैन । धेरै कन्डिसनरको प्रयोगले केश टुक्रिने, रुखो हुने हुन्छ ।

 

-दैनिक केश नुहाउनु हुँदैन । 

-स्विमिङ गर्दा पुलको केमिकलले केशलाई कडा बनाउन सक्छ । यसका लागि स्विमिङ क्यापको प्रयोग गर्नुपर्छ । स्विमिङपछि स्याम्पु लगाएर केश राम्रोसँग पखाल्नुपर्छ । 

 

-चिसो केशमा तौलियाले रगडेर पुछ्नु हुँदैन । यसले केश झर्न सक्छ । सकेसम्म केशलाई आफै सुक्न दिनुपर्छ । हतार भएको समयमा कम तापक्रममा हेयर ड्रायरको सहायताले सुकाउन सकिन्छ । तर धेरै प्रयोग गर्नु हुँदैन ।

 

-चिसो केश कोर्नु हुँदैन । सिल्की केश छ भने पूरै केश सुक्न दिएपछि मात्र ठूलो दाँत भएको काइँयोले कोर्नुपर्छ तर कर्ली वा बाङ्गो केश छ भने चिसोमा कोर्नुपर्छ ।

 

- केशलाई धेरै कसिलो गरी बाँध्नुहुँदैन । यसले केश झर्न, टुक्रिन सक्छ । 

- सकेसम्म केशलाई रंग्याउने, स्ट्रेट वा कर्ली गर्ने गर्नुहुँदैन । यसले केशलाई ड्यामेज गराउँछ । केशझर्ने, टुक्रिने पनि यसकै कारण हुनसक्छ । 

- बाहिर निस्कँदा क्याप वा ह्याटको प्रयोग गर्नुपर्छ ।

- केश सजाउन विभिन्न प्रकारका गह्रौं र मेटलका सजावटी सामग्रीको प्रयोगले केश बिगार्न सक्छ । 

- केश धेरै कोर्नु राम्रो हुन्छ भन्ने कुरा गलत हो, त्यसैले केश धेरै कोर्नुहुँदैन । 

- यी सबै नियमको पालना गर्दा पनि केश झर्न रोकिएन भने तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्छ । 

 

                                                                  - डा. धर्मेन्द्र कर्ण 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement