Advertisement
Advertisement
Advertisement
Advertisement

एक हजार विद्यार्थीलाई भरतपुर महानगरपालिकाद्वारा न्यानो कपडा वितरण

  |      12:08:00   |  
web imege
web imege

पुष १५, काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका १५ वटा आधारभूत विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ‘बालबालिकासँग मेयर’ कार्यक्रम अन्तर्गत गत वर्षदेखि भरतपुर महानगरपालिका भित्रका आधारभुत विद्यालयमा पढ्ने बिधार्थीलाई न्यानो कपडा बितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जसमा यस वर्ष पनि १५ वटा आधारभुत विद्यालयमा अध्ययनरत एक हजार जना विद्यार्थीलाई बिहीबार एक समारोहका बीच न्यानो कपडा वितरण गरिएको महानगरपालिकाका प्रमुख रेणु दाहालले नेपाल प्रेसलाई जानकारी दिइन् ।

महानगरपालिकाको यस कार्यले सामुदायिक विद्यालयमा पढ्ने विपन्न समुदायका बालबालिकाको शिक्षामा निरन्तरता र सरकारी विद्यालयमा आकर्षण बढ्ने प्रमुख दाहालको अपेक्षा छ ।

चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई मध्यनगर गर्दै न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार भरतपुर-२८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गरेकी हुन् ।

भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिसोका कारण विद्यालय जान रोकिन नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको प्रमुख दाहालले बताइन् ।

यस्तै, भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रमअन्तर्गत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement