पुस २५, काठमाडौं । सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टमा उनले १४० भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छन्।
भारतको केरालामा बस्ने सतीसले विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।
कन्सर्ट अफ क्लाइमेट शीर्षकको उक्त सांगीतिक कार्यक्रम गत नोभेम्बर २४ मा आयोजना गरिएको थियो ।
तर यसको भिडियो हालैमात्र अल इण्डिया रोडियोले सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राममा शेयर भएसँगै भाइरल बनिरहेको छ, जसमा सुचेताको सुरीलो आवाज सुन्न सकिन्छ ।
सुचेता सतीसको प्रतिभालाई गिनिज वल्र्डस्ले पनि विश्व कीर्तिमानलाई आधिकारिता प्रदान गरेको छ । गिनिज वल्र्ड रेकर्डस्का अनुसार दुबईस्थित भारतीय वाणिज्य दूतावासको सभाहलमा जलवायु परिवर्तनसँग सम्बन्धित जागरुकता बढाउनका लागि उनले १४० भाषामा सांगीतिक प्रस्तुति दिइन् ।उनले ९ घण्टा गीत गाएकी थिइन् ।