Advertisement
Advertisement
Advertisement
Advertisement

एकैदिन थपिए ११४ संक्रमित, सबै भारतबाट आई क्वारेन्टिनमा बसेका

  |      20:49:00   |  
एकैदिन थपिए ११४ संक्रमित, सबै भारतबाट आई क्वारेन्टिनमा बसेका

जेठ १४, काठमाण्डौ । प्रदेश ५ मा पर्ने रुकुमपूर्व जिल्लामा समेत कोरोना संक्रमित फेला परेका छन् । 

बुधबार रुकुमपूर्वसहित देशका विभिन्न क्षेत्रमा एकैपटक ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक रुपमा पहिचान हुने संक्रमितहरुको हालसम्मकै सर्वाधिक संख्या हो । यसले नेपालमा समेत कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा ११४ जना संक्रमित थपिएर कुल संक्रमितको संख्या ८८६ जना पुगेको छ । यीमध्ये ९० महिला छन् भने बाँकी सबै पुरुष छन् । 


भारतबाट स्वदेश फर्किनेहरुको संख्यामा बढोत्तरी भएसँगै संक्रमितहरुको संख्या समेत बढ्न थालेको हो । बुधबार पहिचान भएका सबै ११४ संक्रमित भारतबाट आएर विभिन्न क्षेत्रका क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । यसले समेत भारतबाट कोरोना कुन गतिमा भित्रिरहेको छ भन्ने देखिन्छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा ११ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु ८ जना सप्तरीको बोदेबर्साइन नगरपालिकाका पुरुष हुन् । सप्तरीको बालनविपुल गापाका महिला र पुरुष गरी २ जना, सुरुङ्गा नगरपालिकाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै, विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु झापाको गौरादह नपाका २ पुरुष, झापाको कचनकवल नपाका १५ पुरुष छन् । 


हेटौडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८  कोरोना संक्रमित पहिचान भएका छन् । तीमध्ये कवानपुरका १ महिला, रौतहट गडीमाई नपाका ७ पुरुष रहेका छन् । 

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाग्लुङका ६ पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये एक महिला र २ पुरुष रुकुमपूर्व जिल्लाको उत्तरगंगा गाउँपालिकाका हुन् । 

यस्तै, दाङको घोराहीका ७ जना पुरुष तथा लमही नगरपालिकाका ७ पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये बाँकेको डुडुवा गापाका २ पुरुष, राप्तिसोनारीका ७ पुरुष, वैजनाथ गापाका ६ जना पुरुष र खजुरा गापाका एक पुरुष रहेका छन् । 

त्यसैगरी, काठमाण्डौस्थित राष्ट्रिय जनसस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिरहा सिद्धिचरणका १ जना, सिरहा स्थायी ठेगाना भई सप्तरीको रुपनी बस्ने एक पुरुष, बाराको रचौता नपाका ६ पुरुष र एक महिला तथा हाल रौतहटमा रहेका बाराको रचौताकै अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको गौरका ७ पुरुष र एक महिला गरी ८ जना, रौतहटकै देवाही गुनाही नपाका २ पुरुष, कटरिया नपाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो जिल्लाको श्री जनता सेकेण्डरी स्कूलमा बनाइएको क्वारेन्टाइनमा गरिएको परीक्षणमा १४ जनामा कोरोना पोजिटिभ फेला परेको छ । रौतहटकै एक मदर्साका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।  

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार हालसम्म प्रदेश १ का ७ जिल्लामा १०३ संक्रमित फेला परेका छन् भने प्रदेश २ का ८ जिल्लामा ३२४ जना, बागमति प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णालीका ३ जिल्लामा २५ जना र सुदरपश्चिम प्रदेशका ५ जिल्लामा १७ जना कोरोना संक्रमित फेला परिसकेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement