भदौ १५ , काठमाडौं । श्रीलंकामा कृत्रिम बुद्धिमत्ता ९एआई० को बढ्दो प्रयोगले महिलाका लागि रोजगारी, उद्यमशीलता र आर्थिक सशक्तीकरणका नयाँ अवसर सिर्जना गर्न सक्ने देखिएको छ।
श्रीलंकाको विकास र उद्यमशीलतासम्बन्धी क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार एआईलाई सही ढंगले प्रयोग गर्न सके महिलाले आफ्नो व्यवसाय विस्तार गर्न, नयाँ सीप सिक्न तथा बजारमा पहुँच बढाउन सक्नेछन्।
विशेषगरी साना तथा महिला नेतृत्वका व्यवसायमा एआईले बजार अनुसन्धान, सामग्री निर्माण, ग्राहकसँगको सम्पर्क, लेखा व्यवस्थापन र डिजिटल सेवाजस्ता कामलाई सहज बनाउन सक्छ।
एआई प्रविधिको पहुँच विस्तारसँगै महिलाले परम्परागत रोजगारीका सीमाभन्दा बाहिर गएर घरबाटै व्यवसाय सञ्चालन तथा आम्दानीका नयाँ अवसर खोज्न सक्ने सम्भावना पनि बढेको छ।
तर एआईबाट सबै महिलाले समान रूपमा लाभ लिन डिजिटल पहुँच, सीप तथा प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको लेखमा उल्लेख गरिएको छ। त्यसैले महिला केन्द्रित डिजिटल शिक्षा र सीप विकासमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ।