Advertisement
Advertisement
Advertisement
Advertisement

उपेन्द्र यादवकी श्रीमतीको गुनासो : नबोल्ने बानी मनपर्दैन !

  |      11:48:00   |  
web image
web image

बैशाख १३, काठमाडौं । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल भए पनि उनको कम बाल्ने बानी भने खराब रहेको गुनासो गरेकी हुन् ।

यादवले भनिन्, ‘उहाँ बस्दा पनि केही सोचिराख्ने, लेखिराख्ने गर्नुहुन्छ । उहाँको नबोल्ने बानी मनपर्दैन । भोक लाग्यो भने खान पकाऊ भन्नुपर्छ, खान देऊ भन्नुपर्छ नि । तर, उहाँ आफै लिन जानुहुन्छ । कहिलेकाहीँ मेरो हातको पनि पानी खानुहोस् भन्ने लाग्छ । बाहिरबाट आउँदा मलाई पानी देऊ न भन्दा मेरो मन खुसी हुन्थ्यो । तर उहाँ भने खान पकाउन पनि आफै खोज्नुहुन्छ । अर्काको भरमा नबस्ने । आमाबुबा होस्, छोरा छोरी होस्, श्रीमती होस् कसैको आशमा नबस्ने ।’

उनले आफ्नो तारिफ भने जति गरे पनि कम हुने बताइन् । ‘मैले यस्तो श्रीमान् पाएको छु, जति भने पनि कम हुन्छ । बाहिर केही चिज नखाने । उहाँलाई पाउने मेरो सौभाग्य हो । म शिक्षाविहीन छु । शिक्षा विहीन भए पनि उहाँ सधैँ मलाई डिग्री गरेको श्रीमती पाएकी छु भन्नुहुन्छ ।’

उनले आफ्नो पति प्रति गर्व रहेको बताइन् । बारामा हासिल गरेको जीत उपेन्द्र यादवको मेहनत र संघर्ष फल भएको पनि उनले बताइन् । ‘बारावासीलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ उनले भनिन् ।

उनले उपेन्द्र यादव नेपालको छोरो भएकाले ७५ जिल्ला नै उनको घर भएको पनि उल्लेख गरिन् । ‘उहाँ राष्ट्रिय अध्यक्ष हो । जहाँबाट पनि लडे पनि हुन्छ । छोरीको एउटा माइती र एउटा घर हुन्छ । छोराको सबै जिल्ला घर हो,’ उनले भनिन् ।

उनले २६ सालदेखि श्रीमती भन्दा पनि कार्यकर्ता बनेर अध्यक्ष यादवलाई साथ दिएको बताइन् । ‘मैले सधैँ साथ दिएको छु, भविष्यमा पनि दिने छु,’ उनले भनिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement