Advertisement
Advertisement
Advertisement
Advertisement

उत्कृष्ट कार्य गर्ने तीन प्रहरी कर्मचारी नगद पुरस्कारसहित पुरस्कृत

  |      17:34:00   |  
web image
web image

भदौ १० , काठमाडौं । ड्युटीमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्ने तीन प्रहरी कर्मचारीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ।

काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा रहेको आकाशे पुलमुनि ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए। सो क्रममा प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएपछि उनीहरूलाई पुरस्कृत गरिएको हो।

उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्न योगदान गरेको भन्दै प्रहरी सहायक हवल्दार भरतकुमार राना, प्रहरी सहायक हवल्दार मधुकुमार यादव र प्रहरी जवान अबिना स्याबा परियारलाई नगद पुरस्कार प्रदान गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा उनीहरूलाई पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दा अन्य प्रहरी कर्मचारीको मनोबल बढ्नुका साथै प्रहरी कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने कार्यालयले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement