Advertisement
Advertisement
Advertisement
Advertisement

आलेख : उपल्लो डोल्पाको सुत्केरी सेवा आम्चीका भरमा

  |      16:15:00   |  
आलेख : उपल्लो डोल्पाको सुत्केरी सेवा आम्चीका भरमा
►हेमन्त केसी 
वैशाख ८,जाजरकोट ।   डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–१ की २६ वर्षीया छिरिङ बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था लान सकिएन र आम्चीलाई घरमै बोलाएर सुत्केरी गराइयो । 
 
उहाँले अहिलेसम्म आम्चीकै सहयोगको भरमा तीन बच्चा जन्माउनुभयो । उहाँलाई स्वास्थ्य संस्था लगिएन । उहाँको घरबाट कस्सिएर हिँड्दा ६ घण्टामा पुगिने ठाउँ ताक्सी गाउँमा प्रसूति कक्ष ९वर्थिङ सेन्टर० त छ तर नाम मात्रको । त्यहाँ न स्वास्थ्यकर्मी हुन्छन् र न त औषधि नै उपलब्ध छ । यसकारण यहाँका अधिकांश महिला सुत्केरी हुँदा आम्चीलाई बोलाउने गर्छन् । 
 
सोही गाविसकी नामग्याल लामा ९आम्ची० गाउँमा सुत्केरी गराउने काम पर्दा तत्कालै जानुहुन्छ । स्थानीय जडीबुटीबाट निर्माण गरिएको औषधि लिएर पुग्ने उहाँले यो सेवा दिँदै आउनुभएको छ । स्वास्थ्यकर्मीभन्दा लामा ९आम्ची० लाई गाउँमा बोलाउन सजिलो र उहाँको पहुँच राम्रो रहेको स्थानीयवासी बताउँछन् । तर यहाँका महिलालाई सरकारी स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनु भनेको फलामका चिउरा चपाएसरह हुने गरेको उनीहरुको अनुभव छ ।
 
यस गाविसको वडा नं ३ का प्रेमा लामा, वडा नं ४ का गोम्वो छेप्तेन गुरुङ, वडा नं ५ का कार्मा छोइवेल गुरुङ र वडा नं ६ का छोइटुप गुरुङले आम्चीको काम गर्दै आउनुभएको छ । उहाँहरुले गाउँमा स्थानीयवासी बिरामी तथा महिला सुत्केरी हुँदा स्वास्थ्य सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओखराम ताराम मगरले जानकारी दिनुभयो । 
 
यस गाविसका वडा नं ४, ५ र ६ का लागि राखिएको धोस्थित स्वास्थ्य संस्था स्थानीयवासीको पहुँचमा छैन । त्यसैले पनि यहाँका महिला आम्चीको भरमा स्वास्थ्य सेवा लिँदै आएका छन् । गाउँपालिकाले समेत आम्चीलाई औषधिलगायतका अन्य साधन किन्न आर्थिक सहयोग गरेको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने अवस्था र गर्भको जाँचसमेत गर्ने सुविधा नरहेपछि असुरक्षित रुपमा सुत्केरी हुन यहाँका महिला बाध्य हुने गरेका छन् । गाउँपालिकामा अहिलेसम्म कतिजनाले सुरक्षित सुत्केरी सेवा लिए भन्ने यकिन तथ्याङ्कसमेत पाउन गाह्रो छ ।
 
आम्चीलाई बौद्ध धर्मसँग सम्बन्धित र चीनबाट आयातित उपचार विधिका रुपमा लिइन्छ । नेपालको उच्च हिमाली क्षेत्र अर्थात् चीनको सिमानासँग जोडिएको ठाउँमा रहेका जनजाति समुदायमा यो उपचार विधि लोकप्रिय छ । उपल्लो डोल्पामा मानवबस्ती बसेसँगै यो उपचार विधि पनि प्रचलनमा आएको बताइन्छ । पहिले स्वास्थ्य संस्था नभएको समयदेखि अहिलेसम्म पनि यही विधिबाट यहाँका सर्वसाधारणको उपचार हुँदै आएको छ । 
 
हिमाली क्षेत्रमा पाइने जडीबुटीमार्फत आयुर्वेदिक उपचार यस विधिबाट गर्ने गरिन्छ । आम्चीहरु गुम्बामा पूजाआजा गर्ने तथा कतिपयले विशेष मन्त्रद्वारा त धेरैले पछिल्लो समयमा आएर जडीबुटीको प्रयोगबाट उपचार गर्छन् । डोल्पा हुँदै उच्च हिमाली जिल्ला ताप्लेजुङसम्म नै यो उपचार विधि प्रचलनमा छ । यो विधिको अभ्यास गर्ने व्यक्तिलाई पनि आम्ची भन्ने चलन छ । 
 
समुद्री सतहबाट दुई हजार ८०० मिटरदेखि चार हजार ८७५ मिटरसम्मको उचाइमा यहाँका गाउँ अवस्थित छन् । भारी हिमपात हुने यो गाउँपालिकामा लगभग बाह्रै महिना स्वास्थ्यकर्मी बस्नसक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले बताउनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सो गाउँपालिका सधैँजसो हिउँले ढाकेको हुन्छ ।
 
त्यस्तै शेफोक्सुण्डो गाउँपालिकामा तीन वटा प्रसूति कक्ष ९बर्थिङ सेन्टर० रहेका छन् । यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ । जम्मा ८७० घरधुरी रहेको गाउँपालिकामा सबै महिला सुत्केरी सेवा लिन नआएको सालताङ स्वास्थ्य चौकीका प्रमुख निमा धार्के गुरुङले जानकारी दिनुभयो । वर्षमा २०० जति महिलाले आफ्नै घरमा असुरक्षित रुपमा बच्चा जन्माउने गरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष यहाँ दुईजना महिला मात्र स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी भएका थिए । स्थानीय भाषा स्वास्थ्यकर्मीले नबुझ्ने भएकाले पनि यहाँ स्वास्थ्य सेवा दिन गाह्रो हुँदै आएको स्वास्थ्यकर्मीले बताएका छन् । 
 
गाउँमा गएर स्वास्थ्यकर्मीले गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न र सुत्केरी हुने समयमा स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे पनि स्वास्थ्य संस्था पहुँचमा नहुँदा समस्या हुँदै आएको छ । दुर्गम भन्दै स्वास्थ्यकर्मीहरु नियमित स्वास्थ्य संस्थामा नबस्दासमेत उपचारमा समस्य हुँदै आएको छ । 
 
यस गाउँपालिकाका वडा नं १, २, ३ र ४ को स्वास्थ्य चौकी सालदाङमा रहेको छ । वडा नं १ को मुसीगाउँबाट सालदाङ स्वास्थ्य चौकीमा आउन दुई दिन लाग्ने गर्छ । पायक पर्ने ठाउँमा स्वास्थ्य चौकी नहुँदा बिरामी भए पनि उपचार गर्न धेरै दिन लाग्ने भएकाले उपचारै नपाएर अधिकांश सर्वसाधारण अकालमै ज्यान जाने गरेको स्थानीयवासी कसी गुरुङले जानकारी दिनुभयो । वडा नं १ कै डोल्मा गुरुङ पनि तिलिङगाउँबाट सालदाङस्थित स्वास्थ्य संस्थामा पुग्न टाढा भएकाले घरैमा बच्चा जन्माउनुभएको थियो । उहाँका अनुसार सबै गाउँका महिला यसरी नै असुरक्षित रुपमा घरमै बच्चा जन्माउने गरेका छन् ।  
 
गाउँमै कतिबेला औषधि पुग्छ भन्ने पनि यहाँका सर्वसाधारणलाई थाहा हुँदैन । औषधि खच्चडमा लिएर जाने गरिएको छ तर औषधि पूर्ण कहिल्यै पाइँदैन । अहिले सबै गाउँमा ज्वरो र रुघाखोकीका बिरामी देखा परेका छन् तर औषधि लिएर जान पनि टाढा भएकाले समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
 
गाउँपालिकाका स्वास्थ्य संयोजक गाउँपालिकामा नबस्दा समस्या हुँदै आएको छ । स्वास्थ्य सेवा कार्यालयबाट कुनै पनि औषधि गाउँपालिकामा नपठाएको स्रोतले बताएको छ । गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङलगायतका जनप्रतिनिधि हाल काठमाडौँमा रहेको बुझिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १२३।७ वर्ग किमी छ । यहाँका ९ वडामध्ये वडा नं १,२, ३ र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डोमा रहेको छ । 
 
यस गाउँपालिकाको जम्मा जनसङ्ख्या तीन हजार ०९९ रहेको छ । ऐतिहासिक तथा धार्मिकस्थलमा शे–फोक्सुण्डो ताल, शे–गुम्बा रहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार ३०० देखि सात हजार ४२५ मिटर उचाइमा गाउँपालिका रहेको छ । शे–फोक्सुण्डो गाउँपालिकाको नामकरण ऐतिहासिक, धार्मिकस्थल शे–गुम्बा र साविक फोक्सुण्डो गाविस रिग्मो गाउँस्थित पर्यटकीयस्थल शे–फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामकरण भएको हो । 
 
त्यस्तै छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार गाउँपालिकामा दुई वटा मात्र स्वास्थ्य चौकी रहेका छन् । अहिले सातजना स्थानीय वैद्य ९आम्ची० मार्फत स्वास्थ्य सेवा तथा सुत्केरी सेवा दिने काम भइरहेको छ । असाध्यै चिसोका कारण दैनिक सरकारी सेवा दिनसमेत अप्ठेरो हुँदै आएको छ । 
 
अहिले गाउँपालिकाको वडा नं २ छार्का गाउँ र वडा नं ४ मा मात्र स्वास्थ्य संस्था रहेका छन् । अन्य वडाहरु स्वास्थ्य संस्थाविहीन अवस्थामा रहेका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय आम्चीलाई औषधिलगायतका अन्य आवश्यक सहयोग गरेर उनीहरुमार्फत सुत्केरीलाई सेवा दिइँदै आइएको छ । सुत्केरी हुँदा निकै समस्या भएमा मात्र आम्चीलाई बोलाएर सुत्केरीलाई घरेलु उपचार गर्ने गरिन्छ भने सामान्य समस्यामा घरमै सुत्केरी हुने गरेको स्थानीयवासीले बताएका छन् । अहिलेसम्म गाउँपालिकाले सुत्केरी भत्तासमेत भुक्तानी गरेको छैन । 
 
विकट गाउँमा कति महिला असुक्षित सुत्केरी हुन्छन् र सुत्केरी हुन नसकेर कतिको ज्यान जान्छ भन्ने तथ्य सञ्चारको पहुँचभन्दा बाहिरै छ । एक गाउँबाट अर्को गाउँमा जान मात्र दुई दिनसम्म लाग्ने गर्छ । हिमालका बीचमा गाउँहरु रहेकाले हिमालमा हिउँ पर्नेबित्तिकै बाटो अवरुद्ध हुने गर्छ र यसबाट गाउँको सम्पर्कसमेत टुट्न जान्छ ।
 
ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मात्र आंशिक रुपमा महिलाले सुत्केरी सेवा लिने गरेका छन् । एकबाट अर्को वडामा जान दिनभर लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण यहाँका महिला सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।
 
ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका छन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग र जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पाभन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्य केही बढी छ । 
 
आर्थिक वर्ष २०७४÷०७५ मा २८५, २०७५÷०७६ मा ४०५ र २०७६ साउनदेखि माघसम्म २४४ जना महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । धेरैले स्वास्थ्य सेवा कार्यालय दुनैमा आएर बच्चा जन्माउने गर्छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ७३, २०७५÷०७६ को अहिलेसम्म ७१ जनाले स्वास्थ्य सेवा कार्यालय दुनैमा आएर सुरक्षित सुत्केरी सेवा लिएका छन् । 
 
यसरी प्रसूतिजन्य जटिलताका कारण अप्ठेरोमा परेका महिलामध्ये डोल्पाबाट मात्र सरकारले १४ जना गर्भवतीको हेलिकप्टबाट उद्धार गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । कर्णाली प्रदेशको सबैभन्दा बढी हेलिकप्टरबाट गर्भवतीको उद्धार गरिएकामा डोल्पाका महिला पर्छन् । यहाँका महिलालाई सुरक्षित रुपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारको भनाइ छ । 
 
कतै यस्तो अवस्था छ भने कतै मानिसहरु आधुनिक स्वास्थ्य उपचारभन्दा बढी देवीदेवताको विश्वासमा पर्ने भएकाले स्वास्थ्य संस्थामा सेवा लिन जानेको सङ्ख्या पनि कम देखिन्छ । सेवा लिन नागरिक आए आफूहरु दक्ष सेवा दिन तयार रहेको सेवा कार्यालयका प्रमुख सिजन रावलले जानकारी दिनुभयो । उहाँका अनुसार धामी, झाँक्रीको विश्वासमा स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुन नै महिला आउँदैनन् । एकातर्फ निकै दुर्गममा रहेका महिला स्वास्थ्य केन्द्रसम्म नै पुग्न सक्दैनन् भने अर्कातर्फ राजनीतिक पहुँचका आधारमा पनि हेलिकप्टरबाट गर्भवतीको उद्धार गरी जिल्ला बाहिर लाने चलन पनि पछिल्लो समयमा बढ्दो छ । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement