माघ २२ काठमाडौं । आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभोग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा आलुलाई राजा नै मानिन्छ। किनकि, कयौं तरकारी आलु बिना अधुरो हुन्छन् ।
आलुको उत्पत्ति
दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा आलुको उत्पत्ति भएको मान्यता छ। युरोपेली देशमा फैलिन करिब २ वर्ष लागेको आलुलाई पोर्चुगलले भारतीय उपमहाद्वीपमा प्रवेश हुँदो पश्चिम बंगालबाट नेपालको पूर्वी भागबाट नेपाल तथा तिब्बत प्रवेश गरेको अनुमान छ ।
आलुको पौष्टिक महत्त्व
आलु सदाबहार तरकारी मात्रै नभई औषधीय गुणले भरिएको खाद्यपदार्थ समेत हो । १ सय ग्राम आलुको खानयोग्य भागमा २ देखि २३ प्रतिशत कार्बोहाइड्रेट, १।६ प्रतिशत प्रोटिन, ७४।७ प्रतिशत पानी, ०।०१ ग्राम बोसो, ०।६-१ ग्राम मिनरल्स, ०।०१ प्रतिशत क्याल्सियम र ०।०३ प्रतिशत फस्फोरस हुन्छ ।
आलुको परिकार
आलुको तरकारी, अचार, आलुदम, फ्रेन्च फ्राइ, आलु परौठा, समोसा, चिप्स, भुजिया, आलुचप, पकौडा, आलु निम्की, आलुजिरा, आलु चाट, दही आलु, पोलेको आलु, आलुको सलाद, आलु तन्दुरी, आलुको सुप, शेर्पाको रैथाने परिकार रेल्दोक लगायतका परिकार पाइन्छ ।
फाइदा
आलुमा अथाह औषधीय गुण हुन्छ ।
आन्द्रामा फोहोर हुने प्रक्रियालाई रोक्छ ।
पाचन प्रक्रियामा सहयोगी ब्याक्टेरिया वृद्धिमा सहयोग गर्छ ।
काँचो आलुको रस छालाको दाग हटाउन उपयोगी हुन्छ ।
आलुमा पाइने पोटासियम सल्फर, फस्फोरस र क्याल्सियमको मात्राले छालालाई सफा राख्न मद्दत गर्छ ।