Advertisement
Advertisement
Advertisement
Advertisement

आमा पोइल गइन्, बुबाले मरणासन्न बनाए

  |      12:55:00   |  
आमा  पोइल गइन्, बुबाले  मरणासन्न बनाए

►केदार मगर
वैशाख ३०, खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ ।
 
बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार गरिएको वडाध्यक्ष माधव राईले बताउनुभयो । “बुबाबाट कुटिइने पवन शङ्करका साइँला छोरा हुन्”, उहाँले भन्नुभयो, “निर्घात कुटाइ खाएका पवनलाई नेर्पास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको छ ।” 

गरिब परिवारमा जन्मिएका पवनकी आमा ३५ वर्षीया मेनुका तामाङले दुई वर्षअघि अर्कैसँग दोस्रो विवाह गरेर गएपछि उनी बुबाको हेरचाहमा बसिरहेका थिए । पवनसँगै उनका जेठा दाजु १४ वर्षीय सविन, ११ वर्षीय माइला सङ्गम र छ वर्षीय कान्छा करण पनि बुबा शङ्करकै साथमा बस्दै आएका छिमेकीले बताएका छन् ।

नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबालाई कानूनी कारवाही गर्न सोमबार नै पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घरैबाट पक्राउ परेका शङ्करलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएलगत्तै सात दिनका लागि हिरासतमा राखेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो । 

पवनलाई निर्घात कुटपिट गर्ने निर्दयी बुबा शङ्करलाई प्रहरीले पक्राउ गरेपछि चार बालकलाई केही समयका लागि वडा कार्यालयले खाने र बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताउनुभयो । “बुबा घर नआएसम्म चार दाजुभाइलाई वडा कार्यालयको संरक्षणमा राखिनेछ”, उहाँले भन्नुभयो, “पकाएर खानसमेत नसक्ने उनीहरुलाई फुपूले पकाएर दिनेगरी चामल, दाल, सागसब्जीलगायत सम्पूर्ण व्यवस्था गरिएको छ ।”

क्वारेन्टाइन निरीक्षण गर्न सोमबार नेर्पा पुगेका जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी नायब उपरीक्षक नारायण चिमोरियालगायतको टोलीले कुटिएका बालकको अवस्थाका विषयमा जानकारी लिएका छन् । आर्थिकरूपमा विपन्न बालकलाई जिल्ला अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च छुट गरिएको अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयो ।
 
ज्यालादारीको काम गरेर परिवार धान्दै आएका शङ्करले दैनिक मादक पदार्थ सेवन गरेर छोराहरुलाई कुटपिट गर्ने गरेको छिमेकीले बताएका छन् । गरिबीका कारण तामाङ परिवारमा दैनिकजसो झगडा हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । आमाले छाडेर अर्कै व्यक्तिसँग विवाह गरेर जानुअघिसम्म विद्यालय जाँदै गरेका ती चार बालक अहिले अरुको घरमा काम सघाएर तथा खेलेर दिन बिताउने गरेका छिमेकीले बताएका छन् । पढ्ने उमेरका ती चार बालकलाई बुबाआमा दुवैले बेवास्ता गरेपछि उनीहरुको भविष्य अन्योलमा परेको वडाध्यक्ष राईले बताउनुभयो । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement